काठमाडौं– फिल्मको पाश्र्व गायनमा समेत अत्यन्त रुचाइएका गायक डेविड शंकर आफ्नो नयाँ एकल गीत ‘तिमीलाई हेरेर’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । दीपक शर्माद्वारा संगीतबद्ध आधुनिक शैलीको यो गीतका शब्दहरु अनिल त्रिखत्रीले रचना गरेका छन् । पुरुषोत्तम सुवेदी यो गीतका संगीत संयोजक हुन् ।
युवराज वाइवाद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा गायक डेविड शंकर आफैंले अभिनय गरेका छन् । उनलाई मोडल मिस पविले साथ दिएकी छिन् । निशल पौडेलद्वारा छायांकन गरिएको यो भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।