Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

गायक डेविड शंकरको ‘तिमीलाई हेरेर’ सार्वजनिक

Saturday, October 7, 2023 National Power

काठमाडौं– फिल्मको पाश्र्व गायनमा समेत अत्यन्त रुचाइएका गायक डेविड शंकर आफ्नो नयाँ एकल गीत ‘तिमीलाई हेरेर’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । दीपक शर्माद्वारा संगीतबद्ध आधुनिक शैलीको यो गीतका शब्दहरु अनिल त्रिखत्रीले रचना गरेका छन् । पुरुषोत्तम सुवेदी यो गीतका संगीत संयोजक हुन् ।

युवराज वाइवाद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा गायक डेविड शंकर आफैंले अभिनय गरेका छन् । उनलाई मोडल मिस पविले साथ दिएकी छिन् । निशल पौडेलद्वारा छायांकन गरिएको यो भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।