Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

चौथो नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०८० सम्पन्न

Friday, September 29, 2023 National Power

काठमाडौं-विभिन्न ४० विधामा अवार्ड प्रदान गर्दै चौथो नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०८० सम्पन्न भएको छ । काठमाडौंको रसियन कल्चरमा सम्पन्न बुधबार बेलुका यो अवार्ड समारोह आयोजना गरियो । समारोहमा पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झलनाथ खनालले विभिन्न श्रष्टाहरुलाई सम्मान तथा अवार्ड प्रदान गर्दै यस्ता अवार्डले कलाकारहरुलाई सृजना गर्न प्रेरणा मिल्ने बताए । कार्यक्रममा मध्यान्न दैनिकका बरिष्ट पत्रकार मदन कुमार श्रेष्ठलाई विशिष पत्रकारिता योगदान सम्मान र अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारीलाई राष्ट्रिय पत्रकारिता योगदान सम्मानबाट सम्मानित गरियो । यस्तै ११ हजार १११ रुपैयाँ सहितको यसपटकको चलचित्र पत्रकारिता पुरस्कार पत्रकार विष्णु प्रसाद सुवेदीलाई प्रदान गरियो ।

समारोहममा आर्थिक पत्रकारिता सम्मानबाट मनोज थापा र श्रव्यदृष्ट पत्रकारिता सम्मानबाट अनिषा कार्कीलाई सम्मानित गरियो । कार्यक्रममा गीतकार सम्मानबाट सविता पोखरेललाई, म्युजिक भिडियो निर्देशकबाट उमेश गुरुङ, ब्युटिसियनबाट लक्ष्मी महर्जनलाई, मेकअप आर्टिष्टसम्मानबाट टेकराज पाण्डेल सहित विभिन्न व्यक्तिलाई सम्मानित गरियो । यस्तै मोडल तथा गीतकार अभि सुनार, मोडल तथा संगीतकार मनोज सिग्देल (उरेश), मोडल रमेश सेन्चुरी, ब्युटिसियन रिता दुलाल, इभेन्ट कोअर्डिनेटर सपना गैरे पोखरेल, फोटोग्राफर सुजन सापकोटा, ब्युटिसियन सुनिरा श्रेष्ठ र लाईटम्यान सुनिल कुमार राउत पनि कार्यक्रममा सम्मानित भए ।

सो अवार्ड समारोहमा आधुनिक विधा तर्फ उत्कृष्ट गायिकाको अवार्ड यो मनको आकाश गीतबाट अञ्जु पन्तले, गायिकाको जुरी अवार्ड तेज वति जोशीले उत्कृष्ट गायकको अवार्ड नघोच यो छाती गीतबाट नारायण थापाले जिते । यस्तै आधुनिक गीतकारको अवार्ड छाती किन पोल्छबाट बैकुण्ठ प्रसाद उपाध्यायले यही गीतबाट म्युजिक भिडियो निर्देशकको अवार्ड राजेश थापाले र आधुनिक गीत भिडियो महिला मोडलको अवार्ड केकी अधिकारीले हाँसिल गरे । आधुनिक गीत गीतकारको जुरी अवार्ड महसुस गरबाट डा. विनु बाबा अर्यालले, आधुनिक गीत पुरुष मोडलको अवार्ड जाले रुमालबाट बुद्धी तामाङले हाँसिल गरे । समारोहमा उत्कृष्ट संगीत संयोजकको अवार्ड हजार जुनीबाट साहस शाक्य पाउँदा, आधुनिक गीत म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड ए होर मायाँबाट मौसम हिमालीले, म्युजिक भिडियो सिनेमाटोग्राफरको अवार्ड बाबा गीतबाट रँधिर शाहले हाँसिल गरे ।

पूर्व प्रधानमन्त्री खनालसहित संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् गायक शम्भु राई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले विजेतालाई अवार्ड प्रदान गरे । समरोहमा लोक दोहोरी तर्फ काठे लोक दोहोरीे गायकको अवार्ड एउटा चिनोबाट नमराज ढुंगानाले, लोक दोहोरी गायकको अवार्ड धोको थिएनबाट रोशन तिखत्रीले, दोहोरी गायिकाको अवार्ड आईपुग्यो बाग्लुङ बजारबाट जुना श्रीष मगरले, लोक दोहोरी म्युजिक भिडियो मोडल (पुरुष)को अवार्ड मुटु चस्केरबाट दीपेन्द्र सोनमले, मोडल (महिला)को अवार्ड पागल मान्छेबाट अन्जु निरौलाले, मोडल (महिला) जुरी अवार्ड एउटा चिनोबाट सिम्रन दुलालले, लोक दोहोरी म्युजिक भिडियो निर्देशकको अवार्ड हाईसन्चोबाट एकेन्द्र साराशंकरले हाँसिल गरे ।

सो कार्यक्रममा लोकगीत गायकको अवार्ड मेरी आमाबाट रमेश परियारले, लोक गायिकाको अवार्ड लाहुरे हुँ म गीतबाट मुना शाह, सर्वोत्कृष्ट देउडा गायिकाको अवार्ड बौजु गीतबाट झुमा लिम्बुले जिते ।
कार्यक्रममा चलचित्र तर्फ उत्कृष्ट चलचित्र गीत गायिकाको अवार्ड चलचित्र दीलमाया–२को छुट्छकी साथ गीतबाट सरु गौतमले, चलचित्र गीत गायकको अवार्ड चलचित्र रोशनीको अधुरो छु म तिमी बिनाबाट ओम सुनारले पाए भने आदिबासी गीत तर्फ तामाङ भाषा गायिकाको अवार्ड म्हेन्दोरी लोई गीतबाट रमला पाख्रिन तामाङले र नेपाल भाषा गीत उत्कृष्ट गायिकाको अवार्ड हाकु दाईचा गीतबाट तेजवति जोशीले पाईन् ।

यस्तै पप विधातर्फ आधुनिक पप गायकको अवार्ड तिमीलाई हेरी हेरी रहनेबाट आर्जन पाण्डेले, वर्षकै सर्वोत्कृष्ट लोक पप गीतको अवार्ड गायकबाट दुई नजरमार्फत सुरेन्द्र गौतमले, लोक पप गायकको जुरी अवार्ड नविन कुमार पौडेल १८ कट्यौकी कटेनौ गीतबाट पाए भने उत्कृष्ट लोकपप गीत गायकको अवार्ड मेरी मायाँलुबाट आश्रय रञ्जितले हाँसिल गरे ।

यस्तै लोक पप गायक पब्लिक च्वाईस अवार्ड भागी भागी नजाउबाट गणेश थापाले, लोक पप गायिकाको अवार्ड पियारीबाट सहिमा श्रेष्ठले, लोकपप संगीतकारको अवार्ड क्लियर कटबाट योगेन्द्र उपाध्यायले प्राप्त गरे । यस्तै उत्कृष्ट पप गीत गायकको अवार्ड राम थेँ म गीतबाट हेमन्त शिशिरले, लोक पप म्युजिक भिडियो मोडल (पुरुष)को अवार्ड पियारी गीतबाट रमेश चन्द सोडारीले, लोक पप म्युजिक भिडियो बाल मोडलको अवार्ड फस्दै गएछु गीतबाट दिप्सन चिलुवालले र लोक पप कोरियोग्राफरको अवार्ड ए केटा मादलु गीतबाट दिवस गिरीले हाँसिल गरे ।यो अवार्डको निर्णायकहरुमा गायिका जुनु रिजाल, गायक तथा मोडल दुर्गेश थापा, गायक रोशन सिंह, म्युजिक भिडियो निर्देशक बविता श्रेष्ठ र दृष्य सम्पादक बीरेन्द्र भाट (बिपिन) थिए । सो अवार्ड समरोहमा फेशन विधा तर्फ पनि विभिन्न अवार्ड प्रदान गरियो । जसमा उत्कृष्ट प्रोफेस्नल नेल टेक्निसियन अवार्डको शशी देवी घिमिरेले, उत्कृष्ट ब्युटिसियनको अवार्ड कुष्मा ओलीले, उत्कृष्ट फेशन एन्ड म्युजिकल प्रोग्राम अर्गनाईजर अवार्ड जोहन श्रेष्ठले हाँसिल गरे । फेशन तर्फको जुरीमा कोरियोग्राफर अश्विनी कान्त झा थिए ।

विलक्षण क्रियसन प्रा.लि. र स्टारवान इन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको सो कार्यक्रममा विभिन्न कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।