
काठमाडौं – गायिका ममता गुरुङको सुमधुर स्वरमा सजिएको ‘ऐना अघि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा मथुरा श्रेष्ठको शब्द, संगीत र संगीत संयोजन रहेको छ।
यस गीतको भिडियोमा एक जवान केटीले ऐनामा हेर्दै गर्दा बिना शृंगार वास्तविक सुन्दरता थाहा पाएर साँचो खुशी फेला पार्छिन्। हृदयस्पर्शी गीतमा आफुलाई धेरै प्रेम गर्नु पर्छ भन्ने भाव समेटिएको छ। म्युजिक भिडियोमा सोनिका पौड्याल, गोमा न्यौपाने, कृष्ण शर्मा, तारा भुजेल र संजिता भण्डारीको अभिनय रहेको छ।
नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्। स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘सिमोन क्रियशन‘ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। निर्माण टिमले दर्शक स्रोतालाई भिडियो हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।