Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

Wednesday, May 24, 2023 National Power

काठमाडौं –चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव समारोहका अवसरमा वरिष्ट चलचित्र पत्रकार शान्तिप्रियलाई ‘राष्ट्रिय चलचित्र पत्रकारीता रजत सम्मान २०८०’ बाट सम्मान गरेको छ । विगत ३० वर्षदेखि निरन्तर चलचित्र तथा कला क्षेत्रको उत्थान तथा खबरदारीमा उनले पुर्याएको योगदानको कदर गर्दै पत्रकार संघ नेपालले शान्तिप्रियलाई ५५ हजार ५ सय ५५ रुपैयाँसहित रजत सम्मान प्रदान गरेको हो ।

उनलाई राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामी, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रेस काउन्सिल नेपालका प्रमुख बालकृष्ण बस्नेत, चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष विदुर गिरीलगायतले रजत सम्मान प्रदान गरेका हुन् । चलचित्र पत्रकार संघ नेपालले २४ वर्ष पूरा गरी २५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पहिलोपटक रजत सम्मान प्रदान गरेको हो ।

त्यसैगरी समारोहमा चलचित्र पत्रकारहरु तुलसी गिरी र श्रीराम सिग्देल, दीपज्योति थापा, कुबेर डंगोललाई राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार तथा सम्मान २०८० प्रदान गरिएको छ । उनीहरूलाई सम्मानसहित ५१ हजार नगद पुरस्कार प्रदान गरियो ।

साथै समारोहमा चलचित्र पत्रकार रवि अधिकारीलाई नगद २५ हजार नगतसहित ‘राष्ट्रिय चलचित्र मोफसल पत्रकारीता पुरस्कार २०८०’ प्रदान गरियो र चलचित्र पत्रकार सृष्टि पोखरेललाई ल्याप्टपसहित ‘राष्ट्रिय चलचित्र पत्रकारीता प्रोत्साहन पुरस्कार २०८०’ प्रदान गरियो ।

त्यस्तै समारोहमा मनोज केसी, ज्ञानु राई, केएल बुढाथोकी, रस्मी थापा, निरज पन्थी, विजय रत्न तुलाधर र निवर्तमान अध्यक्ष दिनेश सिटौलालाई समेत सम्मान गरिएको छ ।