Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नेपाली कांग्रेस बनेपाको बधाई, सम्मान र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Monday, April 17, 2023 National Power

काभ्रे – नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले हिजो शनिबार नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा नेपाली कांग्रेसको विभिन्न संस्थाहरुमा आवद्ध व्यक्तिहरु लाई सम्मान गरेको छ।

नेपाली कांग्रेस बनेपाले शनिवार औपचारिक कार्यक्रम नै गरेर बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा लगायत नेपाली कांग्रेसको विभिन्न संस्थाहरु सँग आबद्ध ब्यक्तिहरु लाई सम्मान गरेको हो । 

बनेपामा सम्मान पछि बोल्दै मन्त्री लामाले काभ्रेका जनताको जीवनस्तर उकास्न गरी काम गर्ने प्रतिवद्धता जनाए । उनले काभ्रेको माटो नै आफ्नो जग भएको भन्दै सबैको साथ, सहयोग र सुझावका आधारमा अघि बढ्ने बताए । मन्त्री लामाले पद अस्थायी कुरा भएकाले जनताको सुखदुखमा आफू सधै साथमा रहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाली कांग्रेस बनेपाका पूर्व सभापति रहेका जिल्ला कार्यसमिति सदस्य राम जोशी, नगर सभापति महेश कर्माचार्य, उपसभापति हरिशरण घिमिरे, नेपाल तरुण दल विभागीय निवर्तमान केन्द्रिय सदस्य सुधीर बैध लगायतले काभ्रे कांग्रेसको अभिभावक रहेका लामा जिम्मेवारीमा पुगेकाले काभ्रेको विकासमा योगदान हुने गरी काम हुने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस बनेपा नगर कार्यसमिति द्वारा आयोजित बधाई,शुभकामना तथा नयाँ बर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान एबम चियापान कार्यक्रम भब्यरूपमा
सम्पन्न भएको थियो । 

नेपाली कांग्रेस बनेपा नगरकार्य समितिले खानेपानी,उर्जा तथा सिचाइ मन्त्री तिर्थ लामा, लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रिय सभापति योगेन्द्रनाथ कर्माचार्य ,नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष श्री सुरुकृष्ण बैध, नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष बिकास मानन्धर, नेपाल शिक्षक संघका केन्द्रिय उप-महासचिब नारायण तिमल्सिना, NTUC आबद्ध नेपाल यातायात मजदुर संघका केन्द्रिय उप- महासचिव उत्तम प्रसाद भटराई, नेपाल छापाखाना तथा संचार सम्बद्ध श्रमिक संघका केन्द्रीय कोषाधक्ष शम्भुप्रसाद घिमिरे, नेपाल उधोग बाणिज्य संघका केन्द्रिय सदस्य मन्जु कुमार श्रेष्ठ ( कोजु), नेपाल कारखाना श्रमिक संघ राष्ट्रिय समितिका केन्द्रीय सदस्य होमनाथ दाहाल, बिश्व हिन्दु महासंघ नेपालका केन्द्रिय सदस्य हरिस्चन्द्र अधिकारी, बिश्व हिन्दु महासंघका केन्द्रीय सदस्य उद्द्व प्रसाद नेपाल, बिश्व हिन्दु महासंघका केन्द्रीय सदस्य रत्नभक्त पोटे, नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भु प्रसाद घिमिरे, बिश्व हिन्दु महासंघ काभ्रेका अध्यक्ष प्रविन धिताल, नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका आमन्त्रित सदस्य धर्म मानन्धर,नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर कार्यसमितिका अध्यक्ष संगम थापा, नेपाल तरुण जिल्ला कार्यसमितिका उपाध्यक्ष बिजेन रन्जित, नेपाल तरुण दल जिल्ला कार्यसमितिका उपाध्यक्ष सचेत दुवाल ,नेपाल तरुण दल काभ्रे प्रदेश सभा २( ख) का अध्यक्ष नहकुल केसी, नेपाल तरुण दल जिल्ला कार्यसमिति काभ्रेका सदस्य रनबहादुर तामाङ, नेपाल तरुण दल बनेपा नगर कार्यसमितिका अध्यक्ष विवेक बैजु, नेपाल शिक्षक संघ बनेपा नगर कार्यसमितिका अध्यक्ष रोजी मुनाकर्मी लगायत व्यक्ति तथा आबद्ध संस्थाहरु लाई सम्मान गरिएको थियो ।