Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

छैठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ भव्य रुपमा सम्पन्न

Monday, March 13, 2023 National Power

काठमाण्डौ–बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्दै राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ भव्य रुपमा सम्पन्न भएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न भएको कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिाष्ठ अतिथितका रुपमा पुर्व शिक्षा मन्त्री एवं पुर्व उपसभामुख चित्रलेखा यादव, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र नृत्यकार संघका अध्यक्ष जनक कार्की, निर्देशक समाजका महासचिव जनकदिप पराजुली, चलचित्र निर्देशक ऋषि लामिछाने, अरुण प्रधान, बरिष्ठ नृत्य निर्देशक दिनेश पाख्रीन, डेल्फिक काउन्सील नेपालका अध्यक्ष श्रीदेव विएल, पत्रकार डब्बु क्षेत्री, जिवन पराजुली, विधान कार्की, विष्णु सुवेदी, कुवेर गिरी, सुरक्षा भट्टराई, गीता अधिकारी, अभिनेता सञ्जय खतीवडा, साहित्यकार भिष्मराज फुलारा, गीतकार वि पाण्डे, संगीतकार दिपक शर्मा, राजेन्द्र बजगाई, निर्देशक देवेन्द्र पाण्डे, लिगेश भट्टराई, लव प्याकुरेल, चलचित्र विकास बोर्डका चिरञ्जिवी गुरागाई लगायत बरिष्ठ तथा विशिष्ठ व्यक्तित्वहरुको सहभागीता थियो ।
कार्यक्रममा यस वर्षको संगीत पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार विदुर गिरीलाइ प्रदान गरिएको छ भने साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँबर, भुम्लु गाउपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा), रमा थापा, गीतकार राजेन्द्र पुरी, गायिका केन्जुमा सुब्बा, पत्रकार राज लुईटेल, संगीतकार शंकर थापा स्माई, गायिका अमृता श्रीपाली, व्यवसायी नमराज श्रेष्ठ, संचारकर्मी दिनेश थापा, मुर्तिकार विनिता श्रेष्ठ, निर्देशक चेतनाथ दंगाल, अभिनेता दिनेश के.सी लगायतका व्यक्तित्वहरु पनि सोही समारोहमा सम्मानित भए । कार्यक्रम गीतकार तथा सञ्चारकर्मी शान्तिप्रियको सभापतित्वमा सम्पन्न भएको थियो ।

नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं भन्ने मुल नारा लिएर विगत ६ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने सम्पुर्ण भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ । सम्पुर्ण भाषा भाषिका कलाकारहरुलाई प्रतिष्पर्धा भन्दा पनि सामुहिक मञ्च प्रदान गरेर आत्मियता भाईचार र एकताको शन्देश प्रवाह गर्ने उदेश्य लिएको आयोजक समितिका अध्यक्ष माधव राज खरेलले जानकारी दिएका छन् ।

कार्यक्रममा होटल आर्ट ठमेल, गोल्डेन हस्पिटल बिराटनगर, नेशनल डेल्फिपक काउन्सील नेपाल, एस. के. डिजिटल नेपाल, ओम समाज डेन्टल अस्पाल, एवन क्याफे गौरीघाट, केईसी ईन्जिनियरिङ कन्सल्टेन्सी धनगढी र काठमाण्डौ, चलचित्र विच्छेद, एस एम् एस सेक्यूरिटि प्रा.लि. लगायत ले सहयोग गरेका थिए भने साँफेबगर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, भुम्लु गाउँपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. १ र काठमाण्डौ महानगरपालिका ले कार्यक्रमको प्रवद्र्धन गरेका छन् । 

निम अवार्डको प्रत्यक्ष प्रशारण काष्टमण्डप टेलिभिजन, जि टिभि नेपाल, सप्तकोशी टेलिभिजन लगायत विभिन्न युटुव च्यानलहरुबाट तथा अनलाईमाफर्त प्रत्यक्ष प्रशासण गरिएको छ ।
कार्यक्रममा मोडल सनम कठायत, पत्रकार चक्र कुँबर, गायिका कालिका रोक्का, छायाँकार कृष्ण बहादुर थापा, निर्देशक निरेन श्रेष्ठ, गायक ओम सुनार, संगीतकार राजु शर्मा नेपाली, गायिका रोशनी रसाईली निर्देशक उमेश गुरुङ, संगीतकार योगेन्द्र उपाध्याय, कल्याण अधिकारी, बरिष्ठ संगीतकार जुगल डंगोल, गीतकार भरत बम्जन, संचारकर्मी तथा निर्देशक विजय रत्न तुलाधर, कस्तुप पन्त, विरेन्द्रभाट विपिन, लगायतका विभिन्न क्षेत्रमा ख्याती कमाएका र विभिन्न भाषा भाषिहरुमा काम गर्ने व्यक्तित्वहरुले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

छैठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२३ (निम अवार्ड) का विजेताहरु
सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
प्रकाश सुवेदी :असारै लाग्यो
सर्वोत्कृष्ट आधुनिक गीतकार
सुनिल संगम: तिम्रो लागी
सर्वोत्कृष्ट आधुनिक गायक
अभिनय यादव: मायाको सुरुवात
पपुलर गायक शिव परियार: धोकेबाज
सर्वोत्कृष्ट आधुनिक गायिका
बेनिशा पौडेल: नछुटोस
सर्वोत्कृष्ट आधुनिक संगीतकार
अर्जुन पोखरेल: धर्ती आकाश
सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष
दिलिप ओखेडा : भनि देन ए मन
सर्वोत्कृष्ट आधुनिक मोडल जुरी अवार्ड
लाक्पा लामा : फकाँउदानी रिसाउने
सर्वोत्कृष्ट आधुनिक मोडल महिला
सुष्टि खड्का : छुनुमुनु
सवोत्कृष्ट आधुनिक महिला मोडल जुरी अवार्ड
सविना कार्की : तिम्रो त्यो मुटुमा
सर्वोत्कृष्ट आधुनिक/ पप निर्देशक
कृष्णदेव रुपाखेती: याद किन यस्तो आउँछ्
सर्वोत्कृष्ट आधुनिक/पप निर्देशक जुरी अवार्ड
दिनेश ठकुल्ला : पागल हो म पगाल
सर्वोत्कृष्ट लोकपप गायन पुरुष
कृष्ण काफ्ले :  सके हंसाउछु
सर्वोत्कृष्ट लोकपप गायन महिला
निता आचार्य  : मनको धोको
सर्वोत्कृष्ट लोकपप गायिका महिला जुरी अवार्ड
सरिता भारती : तिम्रो मायाले न हो
सर्वोत्कृष्ट लोकपप गायिका पब्लिक च्यवाईस अवार्ड
बसन्ती राई : बेबी बसन्ती
सर्वोत्कृष्ट लोकपप गीतकार
भानु आचार्य : प्रतिक्षा
सर्वोत्कृष्ट लोकपप गीतकार जुरी अवार्ड
पुरुषोत्तम सानु :  ढुङ्गा कुँदेर
सर्वोत्कृष्ट लोकपप संगीतकार
मानस राज : लै लै राजकुमारी
सर्वोत्कृष्ट लोकपप संगीतकार पब्लिक च्वाईस अवार्ड
टिका बम्जन : ठ्याक्क ठ्याक्क
सर्वोत्कृष्ट नवप्रतिभा गायन
दिपेन्द्र सोनाम : तिमिले छोडेनी सक्छु
सर्वोत्कृष्ट नवप्रतिभा मोडल पुरुष
विकसीत शर्मा : मुना मदन ३
सर्वोत्कृष्ट नवप्रतिभा मोडल पुरुष जुरी अवार्ड
सुदिप श्रेष्ठ : नेपाली भेष
सर्वोत्कृष्ट नवप्रतिभा मोडल महिला
कुमारी बराईली : विदा मागेर तिमि
सर्वोत्कृष्ट युगल गायन
नविन कार्की र मेलिना राई : सागरले मोती पायो
सर्वोत्कृष्ट युगल गायन
देविका बन्दना : तिम्रो मायाको सागर जुरी अवार्ड
सर्वोत्कृष्ट लोकदोहोरी शब्द
नारायण कँडेल : यति कुरा भन्नु थियो
सर्वोत्कृष्ट लोकदोहोरी शब्द जुरी अवार्ड
अनिल खनाल : बच्चाकी आमा
सर्वोत्कृष्ट लोकदोहोरी गायक
कुलेन्द्र वि.क : जलजला
सवोत्कृष्ठ लोकदोहोरी गायक जुरी
शक्ति चन्द : स्याउला
सर्वोत्कृष्ट लोकदोहोरी गायिका
विन्दु विहानी : दिलको राजा
सवोत्कृष्ठ लोकदोहोरी गायिका जुरी
शुशिला गौतम : भुई छोडेकी चरी
सर्वोत्कृष्ट लोकदोहोरी लय
श्रीकृष्णबम मल्ल : निर्माया ठुली
सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
प्रकाश तामाङ : डोकोडालो
सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला
कविता न्यौपाने : पेन किलर
सर्वोत्कृष्ट लोकदोहोरी नव प्रतिभा मोडल
यमुना रसाल : बैश दिन नमिल्ने सापटी
सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक
शिव वि.क : रुमाल साँट्न पर्दैन
सर्वोत्कृष्ट कोरियोग्राफर
अजय स्याङ्तान : च्यागो
पपुलर कोरियोग्रफर
गम्भिर विष्ट : चस्मा
सर्वोत्कृष्ट भिडियो सम्पादक
अमृत चापाँगाई : रित्तिदैन आँशु
सर्वोत्कृष्ट ध्वनी मिश्रण
डिका गुरुङ : अर्को जुनी
सर्वोत्कृष्टसंगीत संयोजक (एरेन्जर)
पुष्कर खत्री : ओई कमला
सर्वोत्कृष्ट छायाँकार
दिपक गिरी : ए आकाश
सर्वोत्कृष्ट बाल प्रतिभा गायन
सुप्रिम मल्ल : फापरको पिठो
सर्वोत्कृष्ट बाल प्रतिभा मोडल जुरी
सम्राट दाहाल : छोराछोरी विदेशी
सर्वोत्कृष्ट बाल प्रतिभा गायन इन्करेज्मेन्ट
उपमा थपलिया : बुद्धको भुमि
सर्वोत्कृष्ट मौलीक भाषाभाषी गीत
झुमा लिम्बु : सामसोधा मुन्धुम (लिम्बु)
सर्वोत्कृष्ट मौलीक भाषाभाषी गीत
अनु लामा : च्यागो (तामाङ)
सर्वोत्कृष्ट डेउडा भाका गीत
दिपा रोकाया : मेरो प्यारो डडेल्धुरा
सर्वोत्कृष्ट डेउडा भाका गीत जुरी अवार्ड
शान्ति शाही चन्द : पहाडकी मैना चडी
सर्वोत्कृष्ट डेउडा भाका भिडियो
एलपि शर्मा : लिलु
सर्वोत्कृष्ट डेउडा भाका भिडियो पब्लिक च्वाईस अवार्ड
जनक सिंह : मेरा गाउँ जाल्ली
सर्वोत्कृष्ट काँठे भाका गीत
अमृत खाती : बाँसको कप्टेरो
सर्वोत्कृष्ट काँठे भाका गायन
नमराज ढुङ्गाना : फुल फुल्यो अमला
सर्वोत्कृष्ट नेपाल भाषा गीत
प्रकाशदिप श्रेष्ठ : फुलु फुलु जितः
सर्वोत्कृष्ट नेपाल भाषा गायन
राजेन्द्र डंगोल : चकना चकना
सर्वोत्कृष्ट तामाङ भाषा गीत
मदन घ्लान : पुर्व सिलिङ लिङ
सर्वोत्कृष्ट तामाङ भाषा मोडल
सागर घिसिङ : नेसी मुसुक्क
सर्वोत्कृष्ट गीत (मैथिली/भोजपुरी भाषा तर्फ)
विद्यानन्द बेदर्दी : प्रेमक पिचकारी
सर्वोत्कृष्ट गायन (मैथिली /भोजपुरी भाषा तर्फ)
बिरेन्द्र झा : हमरो रंग लगा दे
सर्वोत्कृष्ट मोडलिङ (मैथिली /भोजपुरी भाषा तर्फ)
बिक्रम गुप्ता : पूर्वा हावा
सर्वोत्कृष्ट मोडलिङ (मैथिली /भोजपुरी भाषा तर्फ) पब्लिक च्वाईस
मेनुका माझी :  कोन रोग तू लगा देलौ
सर्वोत्कृष्ट मेकअप आर्टिष्ट
विक्रम गौतम :  फिँजाई पंख
सर्वोत्कृष्ट दशकको अवार्ड
हरि कुमार कर्माचार्य : पिरतीको तालमा