Tuesday 3rd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

संवृद्दी र नीरज बने ‘मिस्टर एण्ड मिस मोडल अफ द ईयर २०२२’ को बिजेता

Thursday, December 15, 2022 Devil Singh Rajput

काठमाण्डौ- दोश्रो संस्करणको ‘मिस्टर एण्ड मिस मोडल अफ द ईयर’ को उपाधी संवृद्दी क्षेत्री र नीरजसिंह लोहनीले पहिरिएका छन्। एवरेष्ट ईभेन्ट्सको आयोजनामा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘मिस्टर एण्ड मिस मोडल अफ द ईयर’को अन्तिम प्रतिस्पर्धामा बाँकी प्रतिस्पर्धीहरुलाई पछि पार्दै क्षेत्री र लोहनीले क्रमश: मिस र मिस्टर तर्फको शीर्ष ताज आफ्नो हातमा पार्न सफल रहे। बिजेताले उपाधीसंगै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अवसर समेत प्राप्त गरेका छ्न्। त्यसैगरी एवरेष्ट फिल्म एकेडेमीमा एक लाख बराबरको शैक्षिक छात्रवृत्ती, नेपाल एयरहोस्टेस एकेडेमीमा शैक्षिक छात्रवृत्ती ईडिआई ग्लोबल एजुकेशनबाट शैक्षिक छात्रवृत्तीसहित बिभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा मोडलिङको अवसरसहित अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा फर्स्ट रनर अप दीपा चौधरी र नीरज गुरुङ्ग, सेकेन्ड रनर अप साकुरा खत्री र श्याम गुरुङ्ग, अर्गनाईजर चोईस परिक्षा श्रेष्ठ, ब्राण्ड एम्बासडर जीना श्रेष्ठ, ब्यूटी वीथ ब्रेन साईना थापा घोषित भएका थिए। अन्तर्राष्ट्रिय फेशन कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेको उक्त प्रतियोगिताको निर्णायकमा नायक तथा कोरियोग्राफर दिक्पाल कार्की, मेकअप आर्टिस्ट शैलजा शाह, टेलिभिजनकर्मी बिना श्रेष्ठ, मोडल/एयरहोस्टेस दिव्या महर्जन, डिजाईनर आरूपजंग क्षेत्री, मिस्टर मोडल अफ द वर्ल्ड नेपाल २०२२ मिलेनियम तण्डुकार शाह र ब्राईट ईभेन्ट मेनेजमेन्टका सिईओ राजन बुढाथोकी रहेका थिए।

स्कूल तथा कलेजका छात्रछात्राहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार दोश्रो संस्करणको ‘मिस्टर एण्ड मिस मोडल अफ द ईयर’ सम्पन्न गरिएको आयोजक संस्था संस्था एवरेष्ट ईभेन्ट्सका सिईओ कृष्ण श्रेष्ठले जनाए ।