Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

प्लस साईज मोडल नेपालको अडिसन पुस ९ गते राष्ट्रिय नाचघर जमलमा हुने

Monday, December 12, 2022 Devil Singh Rajput

काठमाडौँ —  धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ । यस्तै एउटा अवसर हो, ‘प्लस साइज मोडल नेपाल ।’ सौन्दर्य प्रतियोगितामा आफ्नो अलग्गै छवी बनाएको मोडल सङ्ग्स नेपालले मोटी युवतीहरुलाई लक्षित गरेर आयोजना गर्दै आएको नेपालको मोडलिङ सम्बन्धी प्रतिष्ठित प्रतियोगिता ‘प्लस साईज मोडल नेपाल’ को चौथो संस्करण सुरु गर्ने भएको छ । वूमनियाको प्रस्तुतीमा आयोजक मोडल सङ्ग्स नेपालले ‘प्लस साईज मोडल नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा १६ देखि ४० बर्ष सम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती/महिलाहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा सहभागतिाका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ ।

मोडल सङ्ग्स नेपालको आयोजनामा संचालित प्रतियोगिता देशभर छरिएर रहेका प्लस साईज युवती/ महिलाहरुलाई अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरि देश तथा बिदेशमा मोडलिङ सम्वद्द बिभिन्न अवसर प्रदान गर्नमा अब्बल साबित भएको आयोजक संस्थाकी ईभेन्ट म्यनेजर स्वस्ती दंगालले जनाएकी छिन । यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि ‘मिस्टर प्लस साइज नेपाल’को आयोजना समेत गर्दै आएको छ । राष्ट्रिय नाचघर जमलमा पुस ९ गते शनिवार (डिसेम्वर २४) हुने अडिसनबाट छनौटमा परेका प्रतियोगीलाई अन्तिमस्पर्धाका लागि प्रशिक्षण दिइनेछ। मोटोपनाका कारण हिनताबोध भएका युवतीहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको ‘ प्लस साईज मोडल नेपाल २०२३’मा नेपालका चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेने छ।

प्लस साईज मोडलिङ सम्बन्धि नेपालको यो एक मात्र उत्कृष्ट प्रतियोगीता भएकोले यसपटक चर्चित फेसन डिजाइनर र नयाँ डिजाइनरलाई पनि अवसर प्रदान गरिनेछ । चौथो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले प्लस साईज युवती/महिलाहरुलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरि दर्जनौ ब्यवसायिक मोडल उत्पादन गर्न सफल प्रतियोगितासंग आफू जोडिन पाउँदा खुसी लागेको वूमनियाकी संचालिका प्रियंका बोथ्राले जनाईन। साथै प्लस साइज (मोटोपन) भएर निराश भई बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनाले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई उनीहरुको क्षमता अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको यस प्रतियोगितामा सहभागिता जनाउन बोथ्राले आह्वान गरेकी छिन।

इच्छुक प्रतिस्पर्धीहरुले अनलाईन अडिसन फाराम भर्नको निमित्त तलको लिङ्क क्लिक गर्नुहोला—https://bit.ly/GlobalOnlinePay-PlusSizeNepal