Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

निरौलालाई फसाउन खोजियो : एमाले

Saturday, November 19, 2022 National Power

काठमाडौं – नेकपा (एमाले) काठमाडौँका अध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर ५ ९२० का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौलालाई योजनाबद्ध रूपमा फसाउन खोजिएको पार्टीले दाबी गरेको छ । निरौलासहित बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल शुक्रबार साँझ मतदातालाई पैसा बाँडेको आरोपमा बुढानीलकण्ठबाट पक्राउ परेका थिए ।

काठमाडौँ क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले एक विज्ञप्ति जारी गर्दै निरौला र डंगोल बुढानीलकण्ठमा लामो समयदेखि क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्तान लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गएको दाबी गरेकी छिन् । विज्ञप्तिमा भनिएको छ, ‘राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने जस्ता घृणित कार्य गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टी शुभेच्छुक समेत रहनुभएका आफ्नै छिमेकीलाई भेट्न जाँदा गरिएको यस्तो हर्कतको हामी भर्त्सना गर्न चाहन्छौँ ।‘

उनले प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएकोमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएकी छन् । विज्ञप्तिमा भनिएको छ, ‘कुनै तथ्य प्रमाणबिना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहौल अन्तै मोड्ने हिसाबले यस घटना गरिएको छर्लंङ्ग छ । हामी आरोप लगाउनेहरूलाई पुष्टि गर्ने सबुद प्रमाण भए सप्रमाण आउन चुनौती दिन चाहन्छौँ । साथै, यस्ता घृणित, अराजनीतिक र हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटनाबाट प्रभावित नहुन समस्त मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताहरूमा अपिल गर्न चाहन्छौँ ।’