Friday 25th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

ताराबहादुर कुँबरको घर दैलो अभियान जारी आज ज्याम्दी पुगे

Monday, October 31, 2022 National Power

 

काभ्रेपलान्चोक – आगामी मंसिर ४ गते हुने निर्वाचन नजिकिदै गर्दा गठबन्धन दल, प्रमुख प्रतिपक्षी तथा अन्य साना दल र स्वतन्त्र सबै उम्मेदवारहरु घरदैलोमै व्यस्त भएको देखिन्छ ।

काभ्रेमा छ पदका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । आयोगका अनुसार आगामी कात्तिक १७ गतेसम्म २५ जनाको सङ्ख्यामा उम्मेदवारले घरदैलो गर्न पाउने छन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागाई, दुई प्रदेशमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका प्रदेशसभा क्षेत्र ‘क’मा नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल र प्रदेशसभा क्षेत्र ‘ख’मा कांग्रेसका कञ्चनचन्द्र वादे पनि घरदैलोमै व्यस्त छन् ।

यसैगरी, हुमागाईसँग भने नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाको प्रतिस्पर्धा रहेको छ । यस प्रतिनिधिसभा क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ मा गठबन्धनसँग मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेल र कुमार थापा पनि हाल घरदैलोमै व्यस्त छन् ।

यता, प्रदेश सभा २ क का उम्मेदवार ताराबहादुर कुँबर पनि तिव्र रुपमा लौरो चिन्ह लिएर निर्वाचनमा होमिएका छन् । उनी पनि केही दिनदेखि नै घरदैलोमै व्यस्त छन् । उनी आज ज्याम्दीमा पुगेर नै आफ्नो मतदाताहरु लाई भेटघाट गरेका छन् । सामान्य परिवारमा जन्मिएर अर्बौ रुपियाँको मालिक बनेका समाजसेवी तथा व्यवसायी ताराबहादुर कुँवर क्षेत्री भष्ट्राचार विरोधी अभियान्ता हुन् । चक्रपथ सरसफाइ अभियानको संयोजक भएर पनि उनले लामो समय देखिनै काम गरिरहेका छन् ।

कसैको विरोध नगरी सामाजिक सञ्जालमा कडा रुपमा उत्रिएका उनले आफ्नो विचार प्रष्टसँग राख्दै आएका छन् । आफ्नो एजेन्डालाई जनतासामु प्रष्ट्रसँग राखेका उनले समक्ष नेतृत्व र भष्ट्राचारको विरोधीको रुपमा आफूलाई उभ्याएका छन् । उनको सकृयता हेर्दा निर्वाचन परिणाम जे पनि हुन सक्ने कतिपयको आंकलन छ । आफ्नो निर्वाचन क्षेत्रलाई कृषि, पर्यटन, स्थानीय उत्पदन लगायत धेरै क्षेत्रबाट त्यस क्षेत्रका जनताको आर्थिक तथा समाजिक जीवनस्तर उकास्ने आफुसँग कयौँ योजना रहेको उनको भनाई छ ।

जन्मभुमी र मातृभूमिको ऋण तिर्न बाँकी रहेको बताउँदै कुँवरले जनताको आर्थिक उन्नतिलाई पहिलो प्राथमिकतामा राखी आफ्नो क्षेत्र तथा जिल्लाको विकाशको स्पष्ट खाका सहित जनताको सेवा गर्न आएको बताएका छन् । आफुले अहिले जनताको घर दैलोमा आएर आफ्नो लागि नभएर मुलुकको विकाशको लागि सहयोग मागेको बताउछन् ।

उनले भने , मलाई आर्थिक र भौतिक सहयोग चाहिएको छैन । तपाईहरुको माया, सदभाव र सदासहायता भए पुग्छ । ३३ कोटी देवता र मेरा स्वर्गबासी माता पितालाई साक्षी राखी क़सम खादैछु, ग़लत कार्य गर्ने छैन, देशलाई हानी हुने काम गर्ने छैन । मत दिएर जिताउनु भएमा सास रहुन्जेल जनसेवा मै जिवन बिताउने छु । देश विकाशको विज्ञहरु, कृषिविज्ञ, पर्यटनविद, अर्थशास्त्री, डाक्टर, इंजीनिएर, कानुनविद, भाषा तथा संस्कृतिविद, शिक्षाविद, व्यवस्थापनका विज्ञहरुले आफुलाई समग्र देश विकाशको लागि स्पष्ट खाका तयार गर्न साथ दिएको उनी बताउँछन् ।

आफुले यस निर्वाचनमा जित हासिल गरेमा आफ्नो प्रदेशको आर्थिक, सामाजिक र भौतिक विकाशमा आमुल परिवर्तन गरी देश कै नमुना प्रदेश बनाउने उनको प्रतिबद्दता छ ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं १ मा गठबन्धनका उम्मेदवार सूर्यमान दोङ केही समय स्वास्थ्योपचारपछि केही दिनदेखि स्थानीयवासीसँग भेटघाटमा व्यस्त छन् । यस क्षेत्रअन्तर्गतको प्रदेशसभा ‘क’ र ‘ख’ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रत्न ढकाल र कांग्रेसका तीर्थ लामा छन् । उनीहरुसँग मुख्य प्रतिस्पर्धी एमालेका दिलीप लामा र चन्द्र लामा छन्।

काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उम्मेदवारी दर्ता भएकामध्ये चार प्रदेशसभा सदस्यभन्दा दुई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या बढी छ ।

जिल्लामा हालै दर्ता नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा बसुनारायण श्रेष्ठ र २ मा दिनेश हुमागाईले उम्मेदवारी दिएका छन् । केही साना दलका नेताले भने स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल काभ्रेपलाञ्चोकमा ३१ दल क्रियाशील छन् । जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने छन् । एक सय ९० वटा मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।