Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मुकुन्द पौडेल, उदय अधिकारी र गीता लामिछानेलाई साहित्य सम्मान

Monday, October 31, 2022 Devil Singh Rajput

चितवन ।  चितवन स्थित वाल्मीकि सदनले उदय स्रस्टात्रय मुकुन्द पौडेल, उदय अधिकारी र गीता लामिछानेलाई सम्मान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीको अवसरमा उहाँहरु सम्मानित हुनुभएको हो ।  सदनद्वारा  रत्ननगरमा आयोजित  ‘साहित्य सम्मान, मानार्थ सदस्यता प्रदान तथा रचना वाचन´ कार्यक्रम माझ स्रस्टाहरुलाई कार्यक्रम प्रमुख अतिथि डिआर पोखरेलले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गर्नुभयो ।

सोही अवसर माझ भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवम् कवि डा. कृष्णप्रसाद पौडेललाई मानार्थ सदस्यता प्रदान गरिएको छ । सम्मानित स्रस्टात्रयको व्यक्तित्व र कृतित्वका बारेमा लक्ष्मण अर्याल, कपिल अज्ञात र केशवराज आमोदी बोल्नु भएको थियो ।सदनका अध्यक्ष रामबाबु घिमिरेले नेपाली भाषा साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएबापत उहाँहरूलाई स्रस्टा सम्मानबाट सम्मान गरिएको बताउनुभयो ।

कार्यक्रममा अनिता अर्याल, निर्दोष जीवन, चेतराज रेग्मी, रामकृष्ण ढकाल, किसान प्रेमी, सर्वज्ञा पौडेल, लीला दाहाल अधिकारी, पुष्प अधिकारी अञ्जली, हरिप्रिया रिजाल, रोजिना लोहनी, सीता कँडेल सापकोटा, राजेन्द्र घायल, कमल अर्याल, पोषराज पौडेल, गिरीराज डल्लाकोटीलगायतले रचना वाचन गर्नुभएको थियो ।