Monday 2nd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

‘माया रोपे माया फल्छ’ मार्फत आए मदनकृष्ण श्रेष्ठ (भिडियो सहित)

Wednesday, September 14, 2022 National Power

काठमाडौं– वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ आफ्नो नयाँ गीत ‘माया रोपे माया फल्छ’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । गीतकार प्रमोद भट्टराई ‘प्रतिक’ द्वारा रचना गरिएको उक्त गीतलाई कृति न्यौपाने (दिवाकर शर्मा) ले संगीतबद्ध गरेका छन् । पुरुषोत्तम सुवेदी यो गीतका संगीत संयोजक हुन् । यो गीतमा कलाकार मदनकृष्ण श्रेष्ठको सुमधुर स्वरमा मात्र होइन, यसको म्युजिक भिडियोमा उनी आफैंले अभिनय गरेका छन् ।

निर्देशक कृष्णदेव रुपाखेतीद्वारा निर्देशित पारिवारिक जीवनशैली झल्किने यो गीतको म्युजिक भिडियोमा कलाकार श्रेष्ठले जीवन्त अभिनय गरेका छन् । अभिनयमा उनलाई निक शर्मा, रिचा थापा तथा बाल कलाकार अर्नव घिमिरेले साथ दिएका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको यो गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सुनील क्षेत्रीको कोरियोग्राफी छ । ओएसआर डिजिटल यूट्युब च्यानलबाट यो भिडियो सार्वजनिक भएको हो । यो गीतको भिडियोका निर्देशक कृष्णदेव रुपाखेतीले भिडियोमा एउटा पारिवारिक कथावस्तुलाई समावेश गरेका छन् । निर्देशक रुपाखेतीले देशकै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो भिडियोमा अभिनय गराउन पाउँदा जीवनका सबैभन्दा ठूलो महत्व उपलब्धिको रुपमा लिएका छन् ।

‘यो म्युजिक भिडियो सार्वजनिकपछि कलाकार मदनकृष्ण श्रेष्ठ खुशी भएर निर्देशक लगायत सम्पूर्ण टिमलाई वधाइ तथा शुभकामना व्यक्त गर्नु भएको छ, निर्देशक रुपाखेतीका अनुसार मदनकृष्ण श्रेष्ठले आफैंले गाएका गीतका भिडियोमा विरलै अभिनय गरेका छन् । दुई दशकभन्दा लामो समयदेखि टेलिभिजनकर्मीको रुपमा सक्रिय निर्देशक कृष्णदेव रुपाखेतीले हालसम्म १५०० भन्दा बढी म्युजिक भिडियो तथा वृत्तचित्रहरु निर्देशन गरिसकेका छन् । यसअघि करिव दुई दशकअघि राष्ट्रिकवि माधवप्रसाद घिमिरेलाई पहिलो पटक म्युजिक भिडियोमा अभिनय गराउन सफल भएका निर्देशक रुपाखेती उत्कृष्ट म्युजिक भिडियो निर्देशकको रुपमा स्थापित भैसकेका छन् ।

अघिल्लो सातामात्र रुपाखेतीको निर्देशनमा बनेको गीतकार युद्धराज वलीको शब्द, राजेश थापाको संगीत तथा प्रमोद खरेल र अस्मिता अधिकारीको स्वर को गीतको भिडियो सार्वजनिक भएको थिषे जसमा कलाकार प्रकाश सपुतले अभिनय गरेका छन् । यो भिडियो पनि अहिले चर्चामा छ ।