Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बेथाञ्चोक ‘जनताको साथ काँग्रेस’ अभियान

Tuesday, September 6, 2022 National Power

नेपाली काँग्रेसले मंसिर ४ गतेको संघ र प्रदेश सभा निर्वाचन लक्षित गर्दै देशैभर सुरु गरेको ‘जनताको साथ काँग्रेस’ अभियान बेथाञ्चोक गाउँपालिकामा पनि सम्पन्न गरेको छ । स्थानीय तह सदस्य निर्वाचनमा घर घर जाऔं कांग्रेस जिताऔं भन्ने अभियानबाट काभ्रेमा उल्लेख्य नतिजा पाएर हौसिएको काँग्रेसले मंसिरको निर्वाचनमा पनि राम्रो नतिजा पाउनका लागि शुरु गरेको अभियान बेथाञ्चोक गाउँपालिकाम पनि सम्पन्न भएको हो ।

सोमबार गाउँपालिका सभापति प्रेमबहादुर तिमिल्सिनाको सभापतित्वमा नेपाली कांग्रेस बेथाञ्चोकद्वारा आयोजित पालिका स्तरिय कार्यक्रममा नेपाली कांग्रेसकी कन्द्रीय सदस्य रमा कोइरालाले गठबन्धन रहर नभएर लाखौं सहिदहरुको त्याग र बलिदानबाट प्राप्त संविधानको रक्षा र देश विकासको निम्ति भएको बताउँदै लोकतन्त्रको विकल्प लोकतन्त्र भएझैं कांग्रेसको विकल्प कांग्रेस नै भएकोले एक ढिक्का भएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । जसले टिकट पाए पनि जिताउन एकढिक्का भएर लाग्नु कार्यकर्ताको कर्तत्व्य भएकोले इतिहासले प्रदान गरेको युगीन कर्तव्यलाई इमान्दारितापूर्वक पालना गर्नु पर्नेमा उहाँको जोड थियो ।
प्रदेश प्रतिनिधि भगवती खड्का, नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, प्रदेश सदस्य केसव तिमिल्सिना, बेथाञ्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, वडासभापतिहरु, नेतृ गोमा गोले, नेता मछिन्द्र लामा लगायतले अन्तरक्रियामा अभियानले काभ्रेमा नेपाली काङ्ग्रेसलाई अझ बलियो र मजबुत बनाउनको लागि ठूलो भुमिका निर्वाह गर्ने बताउँदै जनताको साथमा काङ्ग्रेस अभियानलाई सार्थक र सफल बनाउन र देशलाई बिकास तर्फ अग्रसर गराउनको लागि सबैको भुमिका महत्वपुर्ण हुने भएकोले अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन सबै एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा सभापति तिमल्सिनाले आसन्न निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन स्थानीय तहका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताले पनि विशेष भुमिका हुने भन्दै सोही अनुसार भुमिका खेल्न पनि अनुरोध गर्नुभयो । पालिकास्तरको कार्यक्रम पश्चात् आफूहरु अभियान लिएर वडा वडामा जाने सभापति तिमल्सिनाले जानकारी दिनुभयो ।