Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

काठमाडौं क्षेत्र नं ६ मा नेपाली कांग्रेसबाट कृष्ण सबुज बानियाँले उम्मेद्वारी दावी गर्ने घोषणा

Sunday, August 28, 2022 National Power

काठमाडौं – प्रतिनिधि सभाको निर्वाचन २०७९ काे लागि काठमाडौं क्षेत्र नं ६ मा नेपाली कांग्रेस बाट कृष्ण सबुज बानियाँले उम्मेद्वारी दावी गर्ने घोषणा गरेका छन। सरकारले मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरे संगै काठमाडौं क्षेत्र नं ६ को राजनीतिक माहोल निकै तातेको छ निर्वाचन घोषणा भए संगै नेतृत्व कसले लिने भन्ने बहस निकै जोडतोडले चलिरहेको छ।

 

नेपाली कांग्रेस काठमाडौंको दोश्रोपटक जिल्ला सभापति भई लामो समय देखि संगठनलाई मजवुद बनाउन,जिम्मेवारीका साथ कृयाशील छन्। पहिलो पटक जिल्ला सभापति हुँदै उम्मद्वारी दिने तयारी थियो तर पाएनन् । यो सँगै चौथो पटक उम्मेदवारी दिन खोजेका हुन। क्षेत्रीय सभापति तथा गाविसको अध्यक्ष भए देखीनै दोस्रो पटकको निर्वाचनमा संघको संसदमा उठ्ने भनेर ६ नं. मै प्रस्थावित भएका थिए ।

 

राजनीतिक यात्रामा क्रियाशील हुँदै जाँदा विश्वासको आधार र मानिससँग गहकिलो सम्बन्ध भएकोले क्षेत्र नं ६ नै रोजेको बानियाँ बताउछन्। उनले भने, ‘बचपन देखीनै आफू भिजेको ठाँउखेली, स्कूल देखि तह गतका सम्पूर्ण भुमिका निर्वाह गर्दै आइरहेको र ५९ वर्ष सम्म आइपुग्दा यो क्षेत्रका सम्पूर्ण मानिसहरू सँग व्यक्तिगत सम्बन्ध , संगठानिक सम्बन्ध ,समाजिक सम्बन्ध र अन्य विविध सम्बन्ध भएकोले चुनाव लड्नका लागि जित्नका लागि मैले देखेको चिनेका मानिस लाई सहयोग लिन दिन मैले गर्नु पर्ने भुमिका मानिसका समस्या र मैले आफैंले भोगेका समस्याको समाधान गर्न सहज हुने भएकाले क्षेत्र नं ६ बाट आफ्नो उम्मेदवारी दिने घोषणा गरेको हो र पुर्व रक्षामन्त्री तथा यस क्षेत्रका प्रतिनिधि सभा सदस्य मानवीय भिमसेनदाश प्रधानले मलाई पुर्णरूपमा सहयाेग गर्ने र हाम्रो पाटी सभापतिले पटक पटक कार्यक्रममा बाेल्दा काठमाडौ जिल्ला सभापतिलाई अन्याय भएको र यसपालिको निर्वाचनमा उहाँलाई न्याय दिनुपनर्ने कुरा गरिराख्नु भएकाे छ । संगठन सुदृढीकरण र कार्यकर्ताकाे मनाेवल मर्न नदिनकाे लागि मेराे उम्मेदवारी रहेकाे हाे।