Wednesday 17th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

आर्थिक कुटनीतिलाई प्राथमिकता दिने नवनियुक्त नेपाली राजदुतहरुको प्रतिबद्धता, टि टेष्टिङ्मा सहभागी

Sunday, July 24, 2022 Devil Singh Rajput

काठमाडौं । विभिन्न देशका लागि नेपाल सरकारबाट नवनियुक्त नेपाली राजदुतहरु टि टेष्टिङ् कार्यक्रममा सहभागी हुँदै आर्थिक कुटनीतिलाई प्राथमिकता दिने प्रतिबद्धता समेत जनाउनु भएको छ । हिमालयन अर्थोडक्स टि प्रोडुसर्स एशोसियसन (हट्पा) नेपाल र हिमालयन टि प्रोड्युसर्स कोअपरेटिभ (हिमकोप) द्वारा शुक्रबार आयोजित कार्यक्रममा टि टेष्टिङ् कार्यक्रममा सहभागी हुनुभई बहराईनका लागि नेपाली राजदुत तिर्थराज वाग्ले, बंगलादेशका लागि नेपाली राजदुत घनश्याम भण्डारी, इजिप्टका लागि नेपाली राजदुत शुसिल कुमार लम्साल, म्यानमारका लागि नेपाली राजदुत हरिसचन्द्र घिमिरे, डेनमार्कका लागि नेपाली राजदुत रामस्वार्थ राय, रसियाका लागि नेपाली राजदुत मिलनराज तुलाधर, साउदी अरेबियाका लागि नेपाली राजदुत नवराज सुवेदी र अष्ट्रियाका लागि नेपाली राजदुत भरत कुमार रेग्मीले नेपालमा उत्पादित विभिन्न चियाहरुको स्वाद लिनु भएको थियो । उक्त टि टेष्टिङ्मा तारा बाँस्कोटा र भुषण सुब्बाले राजदुतहरुलाई सहजिकरण गर्नुभएको थियो । सो अवसरमा उहाँहरुले चियाको स्वाद लिनुका साथै चियाको स्टल समेतको अवलोकन गर्नुभयो ।

त्यसघि एक औपचारिक छलफल तथा अन्तरकृया कार्यक्रमको आयोजना गरि नेपालमा उत्पादित चियाको बारेमा नवनियुक्त राजदुतहरुलाई जानकारी दिलाईएको थियो । पूर्व गृहराज्यमन्त्री समेत रहनु भएका हटपाका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाको सभापतित्व माझ आयोजित उक्त कार्यक्रममा हिमकोपका अध्यक्ष उदय चापागाईले स्वागत मन्तव्य राख्नुहुँदै नेपालमा उत्पादित चियाको इतिहास बारे प्रकाश पार्नुहुँदै चिया निर्यात विश्वका अन्य प्राय ठुला बजार भएका मुलुकहरुमा हुँदै आएता पनि मध्य पुर्व, चीन र पाकिस्तानमा पनि बिस्तार गर्न सकिने उल्लेख गर्नुभएको थियो । त्यसैगरि, हट्पाकी आशा भण्डारीले चियाको उत्पादन र निर्यातसँग सम्बन्धित रहेर पावरप्वाईण्ट प्रिजेन्टेसन दिनुहुँदै नेपालमा विभिन्न किसिमका चियाको उत्पादन हुँदै आएको तथा सोको कुल उत्पादन, निर्यातको अवस्था, विश्व बजारमा नेपालको चियाले पाएको सम्मान तथा अवार्ड आदीको बिषय समेटेर प्रस्तुती दिनुभएको थियो । त्यसैगरि, राजदुतहरुलाई नेपाली चियाको उत्पादन प्रकृया बारे जान्न सहज होस् भन्ने हेतु कंचनजंगा टि स्टेट एण्ड रिसर्च सेण्टरका लागि सरोज ओझाको निर्देशनमा निर्मित अंग्रेजी भाषाको विश्वस्तरिय भिडियो ब्रित्तचित्र समेत देखाईएको थियो भने कार्यक्रमको संयोजन समेत गर्नुभएकी प्रस्तोता शान्ता बाँस्कोटा कोईरालाले नेपालमा पाइने चिया विश्वमै उत्कृष्ट रहेको बारे प्रकाश पार्नुहुँदै अर्गानिक चियाको सर्टिफिकेशन, बजारीकरण जस्ता सवाल साथै निर्यातमा देखिदै आएका समस्या र चुनौती बारे जानकारी दिनुभएको थियो ।

महामहिम राजदुतहरुले आफु राजदुत भएर गएको देशमा चियाको माग र खपतको अवस्था, बजार संभाव्यता बारे खोजी गर्ने, चियालाई उपहारको रुपमा दिने, डिस्प्ले तथा बजार प्रबर्धनका लागि भिडियो सामाग्री सहित डिजिटल माध्यमको समेत प्रयोग गर्ने, विगतको निर्यात अवस्था र सहजता-जटिलता, नीतिगत र व्यापारिक सम्बन्ध आदी बिषय बारे थप जानकारी लिदै आवश्यक पहलकदमी चाल्ने सन्दर्भहरु उल्लेख गर्नुभएको थियो । अन्तरकृयामा भाग लिनुहुँदै राजदुतहरुले आर्थिक कुटनीतिलाई प्राथमिकता दिदै नेपालका उत्पादनलाई विश्व सामु चिनाउन तथा तततत् देशमा पुगेर नेपाली चिया लगायतका उत्पादनको प्रबर्धनमा आआफनो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।

त्यसो त कार्यक्रम माझ उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयका सहसचिव गोविन्द कार्कीले विगतमा आफुले महावाणिज्यदुत भएर गरेका कार्यको अनुभव सुनाउनुहुँदै विदेशी नियोगले परराष्ट्र मन्त्रालयमा मासिक प्रगती विवरण पठाउनुपर्ने प्रणाली बसालिनु सुखद पक्ष रहेको औल्याउनुहुँदै वाणिज्यसँग सरोकारित बिषयको हकमा उसैगरि प्रत्यक्ष वाणिज्य मन्त्रालयमा विवरण पठाउने हो भने त्यसले चिया लगायतका वस्तुको निकासी व्यापारमा थप टेवा पुग्न जाने उल्लेख गर्नु भएको थियो ।

त्यसैगरि, कार्यक्रमलाई संबोधन गर्नुहुँदै व्यापार तथा निकासी प्रबर्धन बोर्डका कार्यकारी निर्देशक डा. शरद बिक्रम राणाले बोर्डको आधिकारिक वेबसाईटमा नेपालबाट विदेश निर्यात हुने वस्तुको बिषयमा डिजिटल माध्यमबाट खोजेको बेलामा आवश्यक सुचना लिन मिल्ने साथै व्यवसायी स्वयंले आफ्नो फर्मको विवरण राख्न मिल्ने गरि बनाईएकाले विदेश स्थित कुटनीतिक नियोगले कुन वस्तुको अवस्था के छ भनेर सहजै बुझ्न सक्ने जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा कफि तथा चिया विकास बोर्डका कार्यकारी निर्देशक डा. बिष्णु प्रसाद भट्टराईले चिया खेती देशका सातै प्रदेशमा पुगि सकेको अवस्था बारे जानकारी दिनुहुँदै रिसर्चहरुले पनि नेपालको चिया गुणस्तरमा कुनै कमी नरहेको चिया निर्यात बढाउन थप प्रबर्धन आवश्यक रहेको औल्याउनु भएको थियो ।

छलफल तथा अन्तर्कृया कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्नुहुँदै सहकारी अभियन्ता समेत रहनु भएका हट्पाका अध्यक्ष, पूर्व राज्यमन्त्री दिपक प्रकाश बाँस्कोटाले नेपालको वातावरण र भुवनोट चिया उत्पादनका लागि उपर्युक्त रहेको प्रसङ् उल्लेख गर्नुहुँदै औषधीको गुण भएको ग्रिन टि लाई विश्वमा पहिचान दिलाउन आफु चार दशक अघि देखी अनवरत लागि परेको र सरकारी निकायहरुलाई जति झक्झकाउदा पनि नीतिगत सुधार, सुविधाजनक व्यवस्था र निर्यातमैत्री वातावरण तयार हुने अवस्था नरहेको जनाउनु भएको थियो । साथै, उहाँले नेपालमा उत्पादित भई विश्वमा राम्रो खपत हुने वस्तु मध्ये सबैभन्दा संभावना बोकेको चियालाई प्रबर्धन गर्न विदेश स्थित नियोगको आर्थिक कुटनीतिको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुहुँदै देश विकासको मेरुदण्डलाई रेखदेख गर्नुपर्ने खाँचो समेत औल्याउनु भएको थियो ।

कार्यक्रम माझ हट्पाका उपाध्यक्ष कमल मैनालीले नवनियुक्त राजदुत एवम् अन्य तालुकात निकायका उच्च अधिकारीहरुलाई कार्यक्रममा उपस्थिती भई धारणा, जानकारी एवम् प्रतिबद्धता जनाउनु भएकोमा धन्यवाद व्यक्त गर्नुहुँदै टिईपिसी जस्ता तालुकात निकायले चियाको निर्यात प्रबर्धनको लागि विदेशी नियोग र व्यवसायीहरुबीच सेतुको काम गर्नुपर्ने आशय व्यक्त गर्नुभएको थियो ।