Sunday 5th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

द्रौपर्दी मुर्मुले भनिन्, ‘नेपाल र भारतबीचको सम्बन्ध चाँडै नै नयाँ उचाई पुग्ने कुरामा विश्वस्त छु’

Friday, July 22, 2022 National Power

काठमाडौं -भारतकी नवनिर्वाचित राष्ट्रपति दौपदी मुर्मुले आफू नेपाल र भारतबीचको सम्बनध चाँडै नै नयाँ उचाईमा पुग्ने कुरामा विश्वस्त भएको बताएकी छिन् । मुर्मुले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत् दिएको बधाई सन्देशको जवाफमा सो कुरा बताएकी छिन् ।

उनले देउवाको ट्वीटको जवाफमा लेखेकी छिन्, ‘धन्यवाद नेपालका प्रधानमन्त्री श्री शेर बहादुर देउवा । हो, नेपाल र भारतबीचको उत्कृष्ट मित्रता र महान सम्बन्धले छिट्टै नै नयाँ उचाई चुम्ने कुरामा म विश्वस्त छु ।’ यसअघि देउवाले मुर्मुलाई बधाई दिँदै नेपाल र भारतबीचको सम्बन्ध भोलिका दिनमा नयाँ उचाईमा पुग्नेमा आफू ढुक्क भएको बताएका थिए ।