Thursday 16th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

सगरमाथा टपमा पूर्ण राईको गीतको भिडियो निर्माण

Sunday, July 17, 2022 National Power

काठमाण्डौ – फिफा वल्र्डकपको गीत पहिलो पटक नेपालबाट पनि सार्वजानिक भएको छ । चर्चित गायक पूर्ण राईको स्वरमा तयार भएको गीतले खेलकुद, पर्यटन, जलवायु परिवर्तन र विश्वशान्तीको बिषयलाई बोकेको छ । यस्को एतिहासिक पक्ष भनेको यो सगरमाथा चुचुरोमा सार्वजानिक भएको हो र यो गीतको सम्पूर्ण भिडियो नै सगरमाथा चुचुरोमा पहिलो पटक सुटिङ समेत सम्पन्न भएको हो । गायक पूर्ण राईका अनुसार, सेभेन समिटका लिडर नर्बिन मगरको टोलिले फिफा वर्ल्डकप टाईटल गीत, ट्रफी (रेप्लिका) र फिफा सम्बद्ध २११ राष्ट्रहरुको झण्डा पहिलो पटक सगरमाथा चुचुरोमा सर्वजानिक गर्दै भिडियो निर्माण गरेका हुन ।

यो अभियान सातै महादेशको अग्लो हिमालमा टोली पुगेर सम्बन्धित सामाग्रीहरु सार्वजानिक गर्दै अन्तत फिफालाई नै संग्राहलयमा सुरक्षित राख्नका लागि नेपालको तर्फबाट हस्तान्तरण गर्ने योजना रहेको बताए । नेपाल पर्यटन बोर्ड, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल मगर संघ लगायतको सहयोगमा यो अभियान अघि बढेको टोलिका लिडर नर्बिन मगरले बताएका छन । खेलकुद, पर्यटन, जलवायु परिवर्तन र विश्वशान्तिका लागि सँग–सँगै नारा बोकेको यो अभियानले समग्रमा स्वास्थ्य र सुरक्षित पृथ्वीका लागि यो अभियानको महत्व रहेको छ ।
नेपाल पर्यटकिय हव हो, तर हाम्रो हिमाल संम्रक्षणका लागि विश्वले सुन्ने गरी सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट गीत मार्फत सबैलाई जगाउन र सचेत गराउने उद्धेश्यले यो गीत निर्माण गर्ने र गाउने योजना बनाएको पनि गायक पूर्ण राईले बताएका छन । बिगत समयमा पनि प्रकृति, राष्ट्रियता, पर्यटन र विश्वशान्ति सम्बन्धी धेरै गीत निर्माण समेत गरिसकेका राईले मे २९, २०२२ मा जलवायु परिवर्तन सम्बन्धी सगरमाथा बेसक्याम्प ५३६४ मिटरमा अन्तरराष्ट्रिय बैज्ञानिक गोष्ठी समेत सम्पन्न गरिसकेका छन ।

त्यसैको अर्को महत्वपूर्ण साझा कार्यक्रमको रुपमा यो अभियान सफलताका लागि अग्रेजी भर्सनमा गीत गाएर पहिलो फिफा वर्ल्डकप नेपाली गीतको ईतिहास निर्माण गर्ने काम सम्पन्न भईसकेको छ भने भिडियो पनि युट्युब मार्फत सार्वजानिक भईसकेको जानकारी दिएका छन ।