Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सरकारले लिम्पियाधुरा फिर्ता ल्याउन नसकेर कायरता प्रदर्शन गरेको छ : ओली

Thursday, May 26, 2022 National Power

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन सरकारले पहल नगरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले सरकारले लिम्पियाधुरा फिर्ता ल्याउन नसकेर कायरता प्रदर्शन गरेको बताएका हुन् । ‘शरम लाग्छ, यो भन्दा कायरता के हुन्छ ?  लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको हो कि होइन ? सरकार नेपालको हो भन्न सक्छ कि सक्दैन ? यो जमिन फिर्ता ल्याउँछु भन्न सक्छ कि सक्दैन ? ’ उनले प्रश्न गरे ।

२०७७ सालमा आफू नेतृत्वको सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गरेको भन्दै ओलीले अहिलेको सरकारले फिर्ता ल्याउँछु भन्न सक्नुपर्ने बताए । ‘‘ नेपालको भूमि नेपालको हो भन्न सक्नुहुन्न भने, फिर्ता ल्याउँछु भन्न सक्नुहुन्न भने के हो सरकारको प्राथमिकता रु प्रतिपक्षले नेतृत्व लिनुपर्ने राष्ट्रिय हितको रु’ ओलीले भने ।