Saturday 28th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

भट्टराईको अभिनयमा सरोजको पिडा सार्वजनिक

Sunday, April 24, 2022 National Power

सरोज कोइरालाको स्वर तथा संगीतमा सजिएको “पीडा” बोलको गीत सार्वजनिक भएको छ । सिताराम कोइरालाले लेखेको गीतको भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । राजेन्द्र बजगाईले संगित संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । श्रीदेव र जेबिकाको यो पहिलो सहकार्य भए पनि जोडी जमेको देखिन्छ । काभ्रेको भकुण्डेबेसी र पातले खेतका रमणीय ठाउँहरुमा छायाङ्कन गरिएको भिडियोको निर्देशन ऋषि बराल “श्रीजन” ले गरेका हुन् । श्रीमान श्रीमतिको सम्बन्ध, माया प्रेम, छुट्टिनु पर्दाको पीडा र जीवन साथिविना जीवनको उत्तराद्र्धमा भोग्नुपर्ने दुःखलाई ग्रामीण परिवेशको कथामा श्रीजनले राम्रोसँग उनेका छन् । सन्तोष तिमिल्सिनाले म्युजिक भिडियोको छायाङ्क गरेका हुन् ।
सहायक निर्देशन सागर श्रेष्ठले गरेका हुन भने कालाकारको मेकअप कविन खड्काले गरेका हुन् । गीतको प्रोडक्सनको जिम्मेवारी नविन विष्टले पूरा गरेका हुन् ।
सरोजको स्वर तथा संगीतमा करिब दुई दर्जन गीत रेकर्ड भइसकेका हुन् । उनले यसै वर्ष सर्वोत्कृष्ट युगल गायनका लागि गायिका मेलिना राईसँगै बिन्ध्यबासिनी म्युजिक अवार्ड उचालेका छन् । २०७८ सालमा पनि सर्वोत्कृष्ट गायन तथा संगीतका लागि सगरमाथा म्युजिक अवार्ड, नीम अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड प्राप्त गरेका थिए । स्थापित सञ्चारकर्मी रहेका उनी पछिल्लो समय संचारकर्म र गीत संगीतलाई सँगसँग अगाडि बढाइरहेका छन् । हाल उनी प्राइम टाइम्स एचडी र नेपाली रेडियो नेटकवर्कमा कार्यरत छन् ।