Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कृष्ण र अस्मिताको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ (भिडियो )

Friday, April 15, 2022 National Power

काठमाडौँ – गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ बोलको गीत सार्वजनिक भएको छ । मोहन थापाको शब्द रचना गीतमा समावेश छ । गीतको लय सिर्जना गायक काफ्ले स्वयंकै रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ

गायक काफ्ले कै निर्देशन रहेको भिडियोमा रोशन केसी र शिल्पा पोख्रेल फिचर्ड छन् । धेरै पहिले सुनिने अथवा पुराना गीतहरूमा प्रयोग हुने खालका शब्द र भाकाहरू राखेर बनाइएको यो गीत मौलिक रहेको छ । गीतको अरेन्जमेन्टमा पहिले र अहिले सुन्दा रुचाइने खालको म्युजिक ट्र्याक सुन्न सकिन्छ । भिडियोमा सन्कल भुजेलको छायाङ्कन, शिशिर खातीको कोरीयोग्राफी र मनोज कार्कीको भिडियो सम्पादन रहेको छ ।