Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

संगीतकार तथा गायक श्रेष्ठको ‘आँखा झिमिक्क पारेर’ बोलको गीतको भिडियो सार्वजनिक

Tuesday, March 1, 2022 National Power

काठमाण्डौ – गीत, कविता, उपन्यास, हाइकु, ताङ्का लगायत साहित्यका अधिकांश विधामा कलम चलाउँदै आएका बहुआयामिक सर्जक सुरेन्द्र महर्जन ‘अमर’ को शब्दरचनामा रहेको आधुनिक गीत ‘आँखा झिमिक्क पारेर’ को भिडिओ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीको बिजुलीबजारस्थित कार्निभल रेष्टुरेन्टको सभाहलमा आयोजित एक समारोहमा सो म्युजिक भिडिओ सार्वजनिक गरिएको हो । रोमाण्टिक भावको यस गीतमा सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वर रहेको छ भने गीतका सङ्गीतकार सन्तोष श्रेष्ठ स्वयम् नै हुन् गीतमा सुलभ घिमिरेको सङ्गीत संयोजन रहेको छ ।
यो भिडिओ सुरेश थापाको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफीमा निर्माण भएको हो जसमा हरिश निरौला (कक्रोज ), सुमन ज्योति ( ल्याङ्ग्री दादा ), पूजा उप्रेती र आयुषी कटुवालको अभिनय रहेको छ । प्रवेश पोख्रेलको सिनेम्याटोग्राफी रहेको यो भिडिओ सुरेश राउतले सम्पादन गरेका हुन् दिनेश थानीद्वारा सञ्चालित सो समारोहमा गीत तथा भिडिओसँग सम्बन्धित सर्जक, कलाकार र प्राविधिकहरुले गीत एवं भिडिओ निर्माणका क्रममा भएका अनुभवहरु शेयर गरेका थिए।
विशेषगरी सङ्गीत सिर्जनालाई प्रमुख विधा बनाएर सङ्गीत क्षेत्रमा क्रियाशील रहेका सन्तोष श्रेष्ठलाई यस गीतले अब्बल गायकको रुपमा समेत नयाँ उचाई दिने छ भन्ने सहजै अनुमान गर्न सकिन्छ। श्रेष्ठले सङ्गीत सिर्जना सँगसँगै यसअघि पनि बेला बखत गायनलाई समेत निरन्तरता दिँदै आएका थिए । यसैगरी गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को लोकप्रियतामा पनि यस गीतले नयाँ इतिहास बनाउने छ भन्ने देखिएको छ ।