Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

काभ्रेको बनेपा नगरमा गाउँ टोल नै एमाले मय

Sunday, February 20, 2022 National Power

काभ्रेपलाञ्चोक – स्थानीय चुनाव यहीँ वैशाख ३० गते गर्ने नेपाल सरकारले निणर्य गरे संगै काभ्रे जिल्ला नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता तिब्र देखिन्छ । नेकपा एमाले बनेपा नगर कमिटीको निर्देशन अनुसार १४ वटै वडामा टोल कमिटी तिब्र रुपमा गठन भइरहेको छ ।

बनेपा नगर कमिटीको निर्देशन अनुसार वडा कमिटीले १४ वटा वडाको वडा कार्यालय उद्घाटन गर्ने देखि लिएर टोल कमिटी गठनको काम यहीँ फागुन २० गते सम्म सकाउने भएको छ । 

आज बनेपा नगरपालिका वडा नं १४ अन्तर्गत पुलारागाउँ टोल भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन भएको छ । वडा नं. १४ अन्तर्गत आशापुरी, खालचोक र बाबेडाडाँ टोल कमिटी लगाएत १४ वटै वडाका टोल टोलमा नेकपा एमालेको टोल कमिटी गठन भैरहेको छ ।

पुलारागाउँ टोल भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका युवा नेता, समाजसेवी तथा बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जितको प्रमुख आतिथ्यता, जिल्ला कमिटी सदस्य राजकुमार तामाङको आतिथ्यता, वडा कमिटीका अध्यक्ष निर्मला तामाङ, १४ नं वडाका वडा अध्यक्ष गौरी राउतको आतिथ्यतामा कार्यक्रम सम्पन भएको थियो । 

पार्टी प्रवेश कार्यक्रममा पुरै टोल नै एमाले मय भएको नगर कमिटीका अध्यक्ष रत्नकुश रंन्जितले जानकारी दिनु भयो । आज टोल कमिटी गठन कार्यक्रममा ३३ जनाले पार्टी प्रवेश गरेका थिए । पुलारागाउँमा पार्टी प्रवेश भए सँगै पुरा टोल नै एमाले मय भएको छ ।

नेकपा एमाले पुलारागाउँ टोलमा रुप बहादुर कार्कीको अध्यक्ष सहित १४ सदस्यीय कमिटी गठन भएको छ ।