Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

एमसीसी टेबल गर्दा सत्तारुढ सांसदकै विरोध, रोष्ट्रममै पुगे झलनाथ

Sunday, February 20, 2022 National Power

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभामा टेबल गर्दा सत्तारुढ दलका सांसदहरु नै विरोधमा उत्रिएका छन् ।एमाले सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीको तर्फबाट एमसीसी सम्झौता टेबल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए । कार्कीले सम्झौता टेबल गर्न प्रस्ताव गर्दा सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका केही सांसदले उठेर विरोध गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुर्सीमा बसिरहे, उनीसँगै रहेका कृष्णहादुर महराले उभिएर विरोध गरे । गिरिराजमणि पोखरेल र केही सांसदले पनि उठेर विरोध गरे ।एकीकृत समाजवादीका सांसदहरुको अवस्था पनि त्यस्तै रह्यो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले रोष्ट्रममै पुगेर नाराबाजी गरे भने केहीले उठेर विरोध गरे ।

नेकपा एमालेका सांसदहरुले भने प्रतिनिधिसभाको बैठक सुरु हुँदादेखि नै रोष्ट्रममा नाराबाजी गरेका थिए । पहिले रोष्ट्रममा नाराबाजी गर्न नगएका नेता भीम रावल सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव पेश गर्न रोष्ट्रममा पुगेपछि भने उठेर नाराबाजी गरेका थिए । नेमकिपाका प्रेम सुवाल, जनमोर्चाकी दुर्गा पौडेलले पनि विरोध गरे ।