Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

एमसीसीमा एमालेको मौनता तोडियो, पक्षमा मतदान नगर्ने

Tuesday, February 15, 2022 National Power

काठमाडौँ – नेकपा एमालेले एमसीसीमा समर्थन नगर्ने भएको छ । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरिरहेका बेला नेकपा एमालेको यस्तो धारणा आएको हो ।  यसअघि सत्ता गठबन्धनको निर्णयपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने अडान लिएको एमालेले अहिलेको अवस्थामा एमसीसीलाई समर्थन नगर्ने निष्कर्षमा पुगेको हो ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराइले संसदमा एमसीसी टेवल भएमा विपक्षमा मतदान गर्ने बताएका हुन् । उनले भने ‘एमालेले अहिलेको अवस्थामा एमसीसीको पक्षमा मतदान गर्दैन, संसदमा टेवल भयो भनेपनि विपक्षमा मतदान गछौँ,’ स्थानीय तहको निर्वाचन नजिकिएकालेपनि एमाले एमसीसीको विपक्षमा लागेको हुनसक्ने विश्लेषण गरिएको छ ।

जनस्तरमा एमसीसीबारे नकारात्मक छाप परेकाले त्यसको समर्थनमा जाँदा चुनावमा असर पर्नेभएकाले एमालेले विरोधको रणनीति लिने बुझिएको छ । यता कांग्रेस भने एमसीसी पास गराउने कसरतमा छ । भोलि बस्ने संसद बैठकमा एमसीसी टेवल गर्ने सरकारको तयारी छ ।