Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

एमसीसीमा एमालेको मौनता तोडियो, पक्षमा मतदान नगर्ने

Tuesday, February 15, 2022 National Power

काठमाडौँ – नेकपा एमालेले एमसीसीमा समर्थन नगर्ने भएको छ । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरिरहेका बेला नेकपा एमालेको यस्तो धारणा आएको हो ।  यसअघि सत्ता गठबन्धनको निर्णयपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने अडान लिएको एमालेले अहिलेको अवस्थामा एमसीसीलाई समर्थन नगर्ने निष्कर्षमा पुगेको हो ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराइले संसदमा एमसीसी टेवल भएमा विपक्षमा मतदान गर्ने बताएका हुन् । उनले भने ‘एमालेले अहिलेको अवस्थामा एमसीसीको पक्षमा मतदान गर्दैन, संसदमा टेवल भयो भनेपनि विपक्षमा मतदान गछौँ,’ स्थानीय तहको निर्वाचन नजिकिएकालेपनि एमाले एमसीसीको विपक्षमा लागेको हुनसक्ने विश्लेषण गरिएको छ ।

जनस्तरमा एमसीसीबारे नकारात्मक छाप परेकाले त्यसको समर्थनमा जाँदा चुनावमा असर पर्नेभएकाले एमालेले विरोधको रणनीति लिने बुझिएको छ । यता कांग्रेस भने एमसीसी पास गराउने कसरतमा छ । भोलि बस्ने संसद बैठकमा एमसीसी टेवल गर्ने सरकारको तयारी छ ।