Wednesday 8th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

राजकीय सम्मानका साथ लता मंगेशकरको अन्तिम संस्कार, भाइ र भतिजाले दिए मुखाग्नी

Monday, February 7, 2022 National Power

काठमाडौं – कोरोना र निमोनियासँग २९ दिनको लडाईंपश्चात् लता मंगेशकरको आइतबार बिहान निधन भएको छ । उनको अन्तिम संस्कार मुम्बईको शिवाजी पार्कमा गरियो । मुखाग्नी भतिजो आदित्यले दिए, साथै भाइ हृदयनाथ मंगेशकरले ती सबै काम गरे जुन आदित्यले गरिरहेका थिए । नजिकै लताका बहिनीहरू उषा, आशा र मीना पनि थिए । बसिरहेका ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत थुप्रै ठूला व्यक्तित्व आए र श्रद्धाञ्जली दिएर फर्किए । लताको निधनमा दुई दिन राष्ट्रिय शोक रहनेछ । देशभरीका झण्डा आधा झुकेको हुनेछ र कुनै प्रकारको उत्सवको आयोजना हुनेछैन । महाराष्ट्र सरकारले लताको सम्मानमा सोमबार सार्वजनिक छुट्टी र तीन दिनको राजकीय शोक घोषित गरेको छ । पश्चिम बंगाल सरकारले सोमबार आधा दिनको छुट्टी घोषणा गरेको छ ।

अन्तिम संस्कार अघि सेनाका जवानले लताको पार्थिव शरीरलाई झण्डाले बेरेर घरबाट बाहिर ल्याए । त्यसपछि आर्मी, नेवी, एयरफोर्स र महाराष्ट्र प्रहरीका जवानले उनको शवलाई काँध दिए । उनको पार्थिव शरीर फूलले सजाएर सेनाको ट्रकमा राखेर शिवाजी पार्क लगे । मुम्बईका हज्जारौँ मानिस लतालाई अन्तिम बिदाई दिन सडकमा उत्रिए ।

लता लगभग दुई वर्षदेखि घरबाट बाहिर निस्किएकी थिइनन् । उनी कहिलेकाँही सोसल मिडियामार्फत् आफ्ना प्रशंसकका लागि सन्देश दिने गर्थिन् । बढ्दो उमेर र खस्किँदो स्वास्थ्यका कारण उनी धेरैजसो आफ्नो कोठामा नै बस्थिन् । उनको घरका एक सहयोगीलाई कोरोनाको संक्रमण भएपछि उनको पनि परीक्षण गराइएको थियो । ८ जनवरीमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।