Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

एक्शन, सस्पेन्स र प्रेममा आधारित वेवसिरिज “तिमी बिना” रिलिज

Sunday, January 16, 2022 Devil Singh Rajput

काठमाडौं, दमदार एक्सन, रोमान्स, पीडा समेटिएको वेवसिरिज ‘तिमी बिना’ रिलिज भएको छ । एबिफिल्म डिजिटलद्वारा निर्मित यस सिरिजको एक्शन डिरेक्टरमा नेपाली चलचित्रका प्रसिद्ध द्धन्द निर्देशक शुक्रराज शाह रहेका छन् । नयाँ तथा पुराना कलाकारको बेजोड प्रस्तुती रहेको यस सिरिजमा दिनेश तामाङ, रोहनी लामालाई मुख्य भूमिकामा देख्न सकिनेछ भने कमल मैनाली, रोशनी सापकोटा, सरिता राजोपाध्यय ,गणेश दुलाल, पवन के. सी.,रश्मी आचार्य , प्रियंशा शाही ,अम्बिका अधिकारी, अमु क्षेत्री, विश्व लामा, सञ्जय थापाको अभिनय देख्न सकिनेछ । यस सिरिजको शब्द, संगीत, एरेन्ज रोशन बालुवाले गरेका छन् भने नब गायक अर्विन तामाङको स्वर रहेको छ । तिमी बिना वेवसिरिजको कथा, सम्बाद, पटकथा रबिन दोङले लेखेका हुन् । पोस्ट प्रोडक्सन ओजस फिल्म स्टुडियोले गरेको छ भने श्रृंगार रुबिना बुढाथोकी, छायांकन बासु न्यौपाने, सम्पादन नरोत्तम पाण्डे र श्याम कार्कीले गरेका हुन् ।

उक्त सिरिज लाई आहिलेको व्यस्त युवा निर्देशक अर्जुन गौतमले गरेका छन् । दर्शक श्रोताहरु बाट राम्रो प्रतिक्रिया पाएको निर्देशक गौतमले बताए । ‘यो सिरिज बिल्कुल अरु सिरिज भन्दा फरक रहेको, अपलोड भएको शुरु दिनमै राम्रो प्रतिकृया पाएका छौं’ उनले भने । एक्शन, सस्पेन्स र प्रेम समेटेको यो वेब सेरिज नेपालमै पहिलो पटक निर्माण भएको उनको दाबी छ ।