Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

जोर्डनको संसदमा सांसदहरुबीच ‘फाइट’, मुक्का प्रहारबाट ढले उपसभामुख

Wednesday, December 29, 2021 National Power

एजेन्सी – जोर्डनको संसद्मा सांसदहरुबीच कुटाकुट भएको छ । सांसदहरुबीच विवाद भएपछि हात हालाहाल सम्मको स्थिती सृजना भएको हो । विशेषत सत्ता पक्ष र विपक्षका सांसदहरुबीचको विवादका कारण कुटाकुट भएको समाचार एजेन्सीहरुले बताएका छन् । संसदमा सभामुखले उपसभामुखलाई सदन छोड्न भनेर उर्दी गरेपछि विवाद सृजना भएको थियो । उक्त हानाहान भएको डिडियोसमेत सामाजिक संजालमा भाइरल भएको छ । उक्त भिडियोमा सांसदहरुबीच मुक्का हानाहान भइरहेको छ । उपसभमुख त मुक्का हानाहानमा भुइँमै ढलेको दृष्या कैद भएको छ ।

सुरुमा संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएको बताइएको छ । उक्त मन्तव्यपछि सांसदहरु तिरविर भएका थिए । ती सांसदलाई आफ्नो भनाइ फिर्ता लिन र क्षमा माग्नसमेत आग्रह गरिएको थियो । उनी सत्ता पक्षको सांसद भएको बताइएको छ ।