Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कसरी हुन्छ एनआरएनएको वर्तमान विवादको समाधान ? एनआरएनएका सचिव आरके शर्मासँगको कुराकानी (भिडियोसहित)

Friday, December 17, 2021 Devil Singh Rajput

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन समयमा गर्न नसकेपछी बर्तमान नेतृत्व बिबादमा मुछिएको छ भने सँस्थाको भविस्य नै संकटमा परेको छ । यसै संकटको अवस्थामा प्रतिनिधिसम्बन्धी विवाद सर्वसम्मतिका आधारमा समाधान गर्नका लागि अध्यक्ष कुमार पन्तले बुधवार मात्रै चार सदस्यीय उच्चस्तरीय समिति गठन गरेका छन ।

उक्त समितिमा संघका सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार डा. यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबि क्षेत्री रहेको बताईए पनि यो विवादमै छ ।


अध्यक्ष पन्तद्वारा बुधबार जारी गरिएको वक्तव्यमा संघभित्र देखिएको बिषम परिस्थितिको सर्वसम्मत समाधान खोज्न प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु र आइसीसी सदस्यहरुसँग सल्लाह जारी राखेको उल्लेख समेत गरेका छन । पन्तले संवाद र सहमतिका लागि समिति गठन गरेको समेत जनाए पनि यसमा धेरै गैरआवासीय नेपालीहरुले बिश्वाश गरेका छैनन ।

यसैबीच बुधबार नै निर्वाचन समितिले समेत एक सूचना प्रकाशित गरी निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सूची पूर्णरुपमा प्राप्त नभैसकेकाले यस अघि प्रकाशित गरिएका निर्वाचन पकृयाका सबै कार्यतालिका स्थगन गरिएको समेत जनाएको छ ।

यसै परिप्रेक्ष्यमा एनआरएनएका आईसिसि सचिव एबं आगामी १० औं अधिवेशनका लागी उपाध्यक्ष पदका उम्मेदवार आरके शर्माले अबको बिकल्प सहमती नै भएकाले सबै गैरआवासीय नेपालीहरुले ईगोको लडाई नलडि संस्था जोगाउन लाग्नुपर्ने बताएका छन ।

सचिव शर्मासँग हालको विवाद समाधान गर्न गरिएको कुराकानी (भिडियोसहित)