Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

अभिनेता आर्यन र सृष्टि अभिनित सुधा मरहट्ठाको ‘फूल फुल्यो’ रिलिज ( भिडियो )

Friday, October 29, 2021 National Power

काठमाण्डौ – गायक केशव  भावुक र अस्मिता अधिकारीको आवाजमा रहेको  ‘फूल फुल्यो’  बोलको भिडियो सार्वजनिक भएको छ । अभिनेता आर्यन सिग्देल र सृष्टि खड्काको अभिनय रहेको यो भिडियोलाई अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन। सुधा मरहट्ठाको शब्दमा  रहेको यो गीतलाई गायक स्वयमले संगीत भरेका हुन। डान्सिङ नम्बरमा रहेको यो गीतलाई बुद्ध थापाको छायांकन, बिकाश दाहालको सम्पादन र सन्तोश राजबहाकको कोरियोग्राफीमा तयार पारिएको छ । सुधा ईन्टरटेनमेन्ट युटुब च्यानलबाट भिडियो रिलिज गरिएको छ। रिलिज लगत्तै यो गीत र भिडियोले सबैको मन जितिरहेको छ ।