Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु

Tuesday, October 5, 2021 National Power

 

काभ्रे – कञ्चनजङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाले छैटौं बार्षिक साधारणसभा आजबाट सुरु भएको छ । संस्थाका अध्यक्ष श्याम नेपालको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन प्रमुख अतिथी बनेपा नगरपालिका १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्काले पानसमा दिपप्रज्वलन गरि गरेका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथी काभ्रे प्याबसनका उपाध्यक्ष महेन्द्र थिङ, अतिथिमा पञ्चशिल साकोसका ब्यवस्थापक सन्तोष दाहाल , अम्बिका श्रेष्ठ, दिपक भैल,भागवत प्रसाद घिनान्जु श्रेष्ठ रहेका थिए। यस्तै कार्यक्रममा कार्य समितिका पदाधिकारीहरु,लेखा समितिका पदाधिकारीहरु,सल्लाहकार समितिका पदाधिकारीहरु,कर्मचारी,सेयर सदस्यहरु बचत कर्ताहरु लगायतको उपस्थिती रहेको थियो ।

आजबाट सुरुभएको साधारण सभा २२ गतेसम्म संचालन हुनेछ । साधारण सभाले आर्थिक वर्ष २०७७–०७८ का उत्कृष्ट बचत कर्ता,उत्कृष्ट ऋणी,उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो । सम्मनित हुने सदस्यहरुमा उत्कृष्ट बचत कर्ता हरि प्रसाद मानन्धर, केशब बिकेसन श्रेष्ठ, राज कृष्ण श्रेष्ठ र उत्कृष्ट ऋणिमा भिम बहादुर श्रेष्ठ सम्मानित भएका थिए ।

त्यस्तै उत्कृष्ट कर्मचारीमा क्यास काउन्टरमा कार्यरत कर्मचारी सुशिला चिमोरिया,बजार इन्चार्ज रुपक दहाल,बजार प्रतिनिधि सुमिना लामा सम्मानित भएका थिए। कार्यक्रमा संस्थाका सचिब नवीन गौतमले संस्थाको ०७७–०७८ को बार्षिक प्रतिबेन प्रस्तुत गर्नु का साथै स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथी चन्द्र बहादुर खड्का, विशिष्ट अतिथी महेन्द्र थिङ्गले नेपालमा देश विकासका लागि सहकारीले खेलेको भुमिका माथी प्रष्ट पारेका थिए ।

उनीहरुले गरीवीको रेखा मुनि रहेका तथा अन्योलमा रुमलिएका आफ्ना सदस्यलाइ आर्थिक उन्नतिको बाटो रोज्न प्रेरणादायी काम गर्दै आएकोमा जोड दिएका थिए । त्यस्तै संस्थाका अध्यक्ष श्याम नेपालले आर्थिक वर्ष ०७७–०७८ को प्रगती विवरण प्रस्तुत गर्दै आगामी आ व ०७८–०७९ का लागि कार्य योजना तथा तर्जुमा प्रस्तुत गर्दै आफ्ना सदस्यहरुलाइ हिजो, आज र भोलि पनि यस्तै साथ सहयोग र माया पाई रहने अपेक्षा गरेको बताएका थिए।

आफ्ना कर्मचारीहरुलाइ सम्मानित हुने हरु खुसी र नहुने हरु दुखी नहुन समेत आग्रह गरेका थिए। उनले भने “तपाईं कर्मचारीहरु सबै सम्मानित हुनु भएको छ,मेरो नजरमा तपाईं सबै सम्मानित हुनुहुन्छ । ” कार्यक्रमको संचालन संस्थाका कर्जा अधिकृत हेम राज दङ्गालले गरेका थिए ।