Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

पत्रकारको जन्मदिन सेवा घरमा

Friday, July 2, 2021 National Power

नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक, राम्रो सन्देश डट कमका प्रधान सम्पादक एवं अग्रज पत्रकार नवराज बजगाईले बिगतमा जस्तै यो बर्ष पनि आफ्नो जन्मदिन असाहयलाई सहयोग गरेर मनाएका छन । उनले शुक्रबार आफ्नो जन्म दिन काभ्रेको धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असहायसँगै रहेर मनाएका हुन ।

सेवा घरमा रहेका ३३ जना असहायलाई खाना खुवाएर शुरु गरिएको कार्यक्रममा बजगाईले कोभिड–१९ का कारण सबै क्षेत्र मारमा परेकाले यस्ता सेवा घरहरुमा आउने सहयोगी पनि कम हुने हुदाँ यहाँ रहेकाहरुमा समस्या नहोस भनेर थोरै भएपनि सहयोग गरेको बताए । यो देखेर अरुपनि सहयोगीहरु आउन सक्छन भन्दै आफुले प्रत्येक जन्मोत्सव र एनिभर्सरी यसरी नै सामाजिक कार्य गरी मनाउने गरेको बताए । आफुलाई जन्मदिने बुबा आमा नभएपनि सेवा घरमा रहेका बृद्धबृद्धालाई भेट्दा बुबा आमाको न्यास्रो मेटिनुका साथै मातृ प्रेमको आभास मिल्ने गरेको उनको भनाइ थियो । असहायको साथ र बृद्धबृद्धालाई सम्मान गर्दा उनिहरुको मार्गदर्शनले जीवनलाई सहि निर्देश गर्ने भएकाले मन्दिर गएर पूजा गर्नु भन्दा आश्रममा रहेकाहरुलाई सहयोग गर्दा बढी धर्म र कर्तव्य निर्वाह हुने हुदाँ आफुले सकेको सहयोग जारी राख्ने बजगाईले बताए ।

उनले सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठलाई चामल २ बोरा, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, फलफुल, जुस, एक बाकस बिस्कुटसहित खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गरेका हुन । सामग्री बुझ्दै सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठले बिपदको बेलापनि सहयोग गरेकोमा खुशी व्यक्त गर्दै सबैको सहयोग कै कारण सेवा घर अघि बढीरहेको बताईन ।

सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरुको सेवाको लागि गत वर्षदेखि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले जानकारी दिईन । जहाँ सडक पेटी तथा सार्वजनिक स्थलमा कष्टकर जिवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गरिने छ ।