Saturday 28th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कर्णालीका १० वटै जिल्ला अस्पतालका लागि प्रारम्भ र फाउण्डेशनको सहयोग

Monday, June 14, 2021 National Power

सुर्खेत-  प्रारम्भ सामाजिक संस्था तथा आनी छोइङ्ग डोल्मा फाउण्डेशनले कर्णाली प्रदेशलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ I
कोभिड-१९ बिरुद्दको अभियान स्वरुप दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाइ २/२ थानका दरले २० थान अक्सिजन कन्सनट्रेटर सहयोग उपलब्ध गराएका छन्।
प्रारम्भ र फाउण्डेशनले आज कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीलाइ प्रदेशका १० वटा अस्पतालका लागि उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
आनी छोइङ्ग डोल्मा फाउण्डेशनकि अध्यक्ष एवं गायिका आनी छोइङ्ग डोल्मा, सिंगापुर रेडक्रसका लागी नेपाल प्रतिनिधि समेत रहेकी प्रारम्भ अध्यक्ष कल्पना क्षेत्रि एवं सदस्य सुनैना क्षेत्रिले संयुक्त रुपमा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेका थिए।

युवा व्यवसायी तथा सामाजिक अभियन्ताहरु यदु भट्टराई र मनोज पुरी सहित नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुर्खेत अध्यक्ष ललित बसेल तथा उद्योग बाणिज्य संघ सुर्खेतका महासचिव लक्ष्मण कंडेल लगायतको समन्वयमा उक्त संस्थाहरूले प्रदेश राजधानी सुर्खेत पुगेर स्वास्थ्य सामाग्री सहयोग गरेका हुन्।

कोरोना महामारीको पहिलो लहर देखिनै स्वास्थ्य सामाग्री लगायतका सहयोग गर्दै आएको प्रारम्भ र आनी छोइङ्ग डोल्मा फाउण्डेशनले नया भेरीएण्ट सहितको महामारी फैलिएसंगै भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, पीपीइ, अक्सिमिटर, फर्स्ट एड किट्स लगायत सामाग्री सहयोग गरिरहेको प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले बताए।

उनका अनुसार सरकारी तथा सामुदायिक अस्पताल, कोभिड बिसेष अस्पताल तथा आइसोलेसन केन्द्रलाई प्राथमिकता दिएर
राज्यले गरिरहेका गतिविधिमा सहयोग पुगोस भन्ने हेतुले दुवै संस्थाले स्वास्थ्यको क्षेत्रमा बिसेष मदत गरिरहेको छ ।