Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

दशक लामो सिरियाली गृहयुद्धमा झन्डै ५ लाख मानिस मारिए

Tuesday, June 1, 2021 National Power

काठमाडौँ — सिरियामा जारी गृहयुद्धका कारण एक दशकमा ५ लाख नागरिक मारिएको पाइएको छ । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइटले मंगलबार तथ्यांक सार्वजनिक गर्दै सन् २०११ देखि भएको सरकारविरोधी प्रदर्शनका क्रममा ४ लाख ९४ हजार ४ सय ३८ जनाले ज्यान गुमाएको जनाएको छ ।

यसअघि यो वर्षको मार्चमा निकालिएको प्रतिवेदनमा ३ लाख ८८ हजारको मृत्यु भएको उल्लेख थियो । पुनःतथ्यांक केलाउँदा थप १ लाख ५ हजार १५ जना थपिएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१२को अन्त्यदेखि २०१५को नोभेम्बरसम्म धेरैको ज्यान गएको अब्जर्भेटरीका प्रमुख रमी अब्देल रहमानले एएफपीलाई बताएका छन् । पछिल्लो समयमा मृत्यु पुष्टि भएकाहरुमध्ये ४२ हजारभन्दा बढी सिरियाली नागरिक रहेका छन् । अधिकांस जेलमा दिइने यातनाका कारण ज्यान गुमाएका अब्जर्भेटरीले जनाएको छ ।

सिरियाली सरकारको आक्रमणमा परी १ लाख ५९ हजार ७ सय ७४ जना नागरिकहरुको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ । सिरियाली द्वन्द्वमा ६८ हजार ३ सय ९३ जना जियादीहरुले पनि ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२०मा मृत्युको संख्या कम भएको उल्लेख छ । सरकार पक्ष र विरोधी दुवैको ध्यान कोरोना नियन्त्रणमा भएकाले द्वन्द्वका कारण त्यस वर्ष करिब १० हजारजनाले ज्यान गुमाएका थिए ।