Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

आफ्नो ज्यान जोखिममा राखेर औषधी वितरण गदै मुक्ति बिष्ट

Saturday, May 8, 2021 National Power

 काभ्रेपलाञ्चोक, नेपालमा कोरोना भाइरसको दोस्रो लहर प्रवेश गरेको छ । दोस्रो लहर प्रवेश गर्न साथ धेरै मानिसहरको ज्यान जान थालेको छ । बिज्ञहरुले पनि पहिलाको भाइरस भन्दा अहिलेको निकै खतरनाक भएको बताएका छन् । यसरी दास्रो लहर प्रवेश गर्न साथ नेपाल सरकारले स्थानिय तहलाई अवस्था हेरेर लकडाउन गर्न आदेश दिएको छ । यहि आदेश अनुसार काठमाण्डौ, भक्तपुर र ललितपुर तिन जिल्ला प्रशासनले पहिला एक हप्ता लकडाउन गर्योै त्यस पछि संक्रमितको संख्यामा कमि नआएपछि अर्को एक हप्ता थप गरेको छ ।

कोरोना संक्रमितको संख्या अत्याधिक बढन थाले पछि बिहाना बेलुका काम गरेर खानेहरु रोगले भन्दा भोक्ले मर्ने लागेको बताउछन् । उता संक्रमितहरु लाई पनि अक्सिजनको अभाव हस्पिटलमा ठाँउ नभए पछि धेरै मानिसको मुत्यृ हुन थालेको छ । यिनै कुराहरु लाई मध्यानजर गदै समाजसेवी युवानेता तथा गुर्जो अभियान्ता मुक्ति बिष्टले गुर्जो क्यामपियन कार्यक्रम फेरी सुरु गरेका छन् । सम्पुर्ण कोभिड बिरामीहरुको उच्च मनोबल बनाउन, कोभिडलाई जित्न प्रायस्थ गर्नें मुल उदेश्यका साथ अभियान जारी रेहेको मुक्ती बिष्टले बताउनु भयो ।

कोरोना संक्रमितको संख्या बढदै गएपछि उनले फेरी पनि ति कोरोना संक्रमितहरुलाई गुर्जो वितरण गरेका छन् । उनले यो भन्दा पहिला पनि राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रिको कार्यालय, बिभिन्न ठाउँमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संञ्चारकर्मी, होम आइसुलेसनमा बसेका संक्रमितहरु, आइसुलेसनमा बसेका संक्रमित जहाँ धेरै कोरोनाको जोखिम छ त्यहाँ गएर गुर्जो वितरण गरेका थिए

यसै कार्यलाई निरन्तरता दिदै शिर मेमोरियल हस्पिटलको कोभिड वार्डमा उपचारत केही बिरामीहरुलाई गुर्जो वितरण र गुर्जो सेवन गर्ने तरिका सिकाएर हस्तान्तरण गर्नु भएको छ । यसरी बिष्टले आफनो ज्यान जोखिम्मा राखेर ति संक्रमितहरु लाई निकै महंगो मुल्यमा किन बेच हुने गुर्जो वितरण गदै आउनु भएको छ । बनेपा नगरपालिकाले संचालनमा ल्याएको पोलिटेक्निकमा रहेको आइसुलेसनमा उपचाररत कोभिड संक्रमित, इलाका प्रहरी कार्यालय बनेपा, हस्पिटलका कर्मचारीहरु, होम आइसुलेसनका संक्रमितहरु लाई आज गुर्जो वितरण गर्नु भएको छ ।

काभ्रेको पनौति नगरपलिका पनि पछिल्लो समयमा धेरै संक्रमित भएको नगरपालिका हो । त्यहाँ संक्रमित भएकाहरु लाई पनि निशुल्क गुर्जो वितरण गरिएको छ । हरिशरण, सुर्यवसी, कान्छा प्रधान, सबिन ताम्राकार, राजन लगाएतका ब्यक्तीहरुलाई गुर्जो सेवन गर्ने तरिका सहित निशुल्क गुर्जो वितरण गरिएको गुर्जो क्यापियन मुक्ति बिष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो कोभिड १९ संक्रमित ब्यक्तिहरुको सेवा गर्न पाउदा आफुलाई निकै खुसी मिल्ने, उनीहरुको आत्मा बिस्वास बढाउने काम गर्न पाउदा मात्रै नभइ उहाँ हरुको रोग लाई निर्मुल पार्न आ आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने अपिल गर्नु भएको छ ।