Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको अर्को सात बुँदे निर्देशन

Sunday, May 2, 2021 National Power

काठमाण्डौ – कोरोना संक्रमणदर दिनदिनै बढ्दै गएपनि नेपाल राष्ट्र बैङ्कले २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन निर्देशन दिएको छ । आइतबार एक सूचना जारी गर्दै केन्द्रिय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको छ ।निर्देशनमा कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम गर्न भनिएको छ । निषेधाज्ञा जारी भएको स्थानमा केन्द्रिय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी र शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर काम सुचारु गर्न राष्ट्र बैङ्कले भनेको छ । प्रविधिको उच्चतम प्रयोग गर्दै वर्क फ्रम होमलाई जोड दिन पनि बैङ्क तथा वित्तीय संस्थालाई भनेको छ । फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न केन्द्रिय बैङ्कको निर्देशन छ