Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नेपालमै पहिलो प्रस्तुती, गीतकार समिरले ल्याए मैथली भाषामा रमजान के महिना (भिडियो सहित)

Saturday, April 17, 2021 National Power

काठमाण्डौ – रमजानको महिना सुरु हुनै लाग्दा गीतकार समिर खानको रमजानके महिना सार्वजनिक भएको छ । नेपालमै पहिलो पटक मैथली भाषामा बनेको रमजान के महिना बोलको गीत ईश्लामीक धर्मावलम्बीहरुको महत्वपुर्ण पर्व रमजानलाई लक्षित गरि सार्वजनिक गरिएको छ । मैथली भाषामा माया प्रेम चाडपर्व लगायत विभिन्न किसिमका गीतहरुमा कलम चलाउदै आएका गीतकार खानको मुश्लिम धर्मावलम्बीहरुको महत्वपुर्ण पर्व रमजानको विषयमा रचना गरिएको खानको यो पहिलो प्रस्तुती मात्रै नभएर नेपालमै पहिलो पटक मैथली भाषामा तयार भएको छ ।

आदित्य अजय र अनुमा चौधरीको स्वर रहेको गीतमा पारसमणीको संगीत रहेको छ भने बिट स्टुडियोमा रेकर्डिङ गरिएको छ । आदित्य अजयको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन कामेश्वर परदेशीले गरेका हुन । भिडियोमा मुस्तकीम आलम,आदित्य अजय,अनुषा चौधरी,पप्पू यादव,निरुता, एलिशा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।