Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

“मिस एयर होस्टेज २०२१” को लागि आवेदन फारम खुल्ला

Monday, April 5, 2021 Devil Singh Rajput

काठमाडौँ — चैत्र २३, २०७७।

विगत ११ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले “मिस एयर होस्टेज २०२१” पाचौं संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ ।

उपत्यका लगायत मोफसलका विभिन्न एयरहोस्टेज तालिम केन्द्रमा तालिम लिइरहेका साथै विभिन्न समयमा एयरहोस्टेज सम्वन्धी तालिम लिएर वसेका अथवा विमान परिचारिका वन्ने लक्ष्य लिएकाहरुले यस प्रतियोगीतामा सहभागी हुन सक्नेछन ।

उक्त कार्यक्तममा सहभागीताको लागि १२ कक्षा पास भएका १६ वर्ष देखि २४ वर्ष सम्म उमेर समूह साथै ५ फिट २ इन्च उचाई भएका छात्राहरुले “मिस एयर होस्टेज २०२१” मा सहभागी हुन पाउने सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले वताउनु भयो ।
विमान परिचारीका वन्न चाहाने युवतीहरुको लागि विशेष फोकस गरी उनीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल विमान परिचारिका तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो ।

विगत केहि वर्षको अन्र्तराल पछि फेरी पनि यस प्रतियोगीतालाई निरन्तरता दिने हेतुले योे पाचौं चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो उक्त प्रतियोगीतनत्मक कार्यक्रममा २५ जना प्रतियोगीहरुलाई सहभागी गराइने छ ।

उक्त कार्यक्रमको लागि सहभागीताको लागि वैसाख द्रोस्रो साता सम्म आवेदन फारम सिजन मिडियाको कार्यालय कमलादीमा भर्न सकिनेछ । उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा जेष्ठको पहिलो साता राजधानीमा सम्पर्न हुनेछ । प्रतियोगिताका विजेताले “मिस एयर होस्टेज २०२१” कोे ताज उपाधि सहित विमान परिचारीका वन्ने अवसर साथै मोवाइल फोन,ट्याव साथै ३ जना विजेतालाई पोखरा भ्रमणको लागि हवाई टिकट प्रदान गरिनेछ भने उच्च शिक्षाको लागि विभिन्न देशको लागि छात्रावृत्ति पाउने छिन भने अन्य गिफ्टहयाम्पर पाउने छन यस बाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिनेछ ।

आयोजक
सिजन मिडिया
प्रदिपराज वन्त(अध्यक्ष)
सम्पर्कः–४२३८४०१,
९८५१०४४८३५,९८०१३४४८३५