ओली समूहले तेह्रथुमको म्याङ्लुङमा शनिबार आयोजना गरेको जिल्ला तहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले आफूहरुले पार्टी विभाजनको कुनै पनि काम नगरेको तथा पार्टीमा विवाद आउनुमा प्रचण्डको प्रमुख भूमिका रहेकोसमेत बताए ।
यसैगरी नेकपा केन्द्रीय सदस्य विजय सुब्बाले भने राष्ट्रवादी प्रधानमन्त्रीलाई किन मन नपराएको भन्दै प्रश्न गरेका थिए । केपी ओलीजस्तो राष्ट्रवादी नेतालाई मन नपराएको देख्दा आफू अचम्ममा परेको उनको भनाइ थियो ।-रासस