Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

वाइडेनद्वारा डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता

Friday, January 22, 2021 National Power

अमेरिका- अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्वन्धलाई निरन्तरता दिएका छन् । उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

यसअघि निवर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्वन्ध अन्त्य गरिएको घोषणा गरेका थिए । सो निर्णयको सर्वत्र आलोचना भएको थियो । वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ । अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले धन्यवाद दिएका छन् ।

विश्वभरी स्वास्थ्य महामारी चलिरहेका बेला डब्लुएचओसँग अमेरिकाको सहकार्य अत्यावश्यक रहेको आवाज उठिरहेका बेला अमेरिकाले फेरि सम्वन्धलाई जोडेको बताएको हो ।