Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको शसक्त अभिनय (भिडियो सहित)

Thursday, November 26, 2020 National Power

काठमाडौ – गायक तथा संगीतकार बिपिन घिमिरेले आफ्नो नयाँ गीत खास लाग्न थाल्यौं।।।को भिडियो यतीबेला रिलिज गरेका छन् । यो रोमाञ्चकारी गजलको भिडियोलाई उनले साम्बी इन्टरट्रेन्मेन्ट च्यानलबाट रिलिज गरेका छन् । बिपिन आफैंले यो गीतमा संगीत सृजना गरेका हुन् । दुई दशकदेखि गायनमा सक्रिय बिपिन सांस्कृतिक संस्थानका कलाकार तथा स्वर प्रशिक्षक हुन् ।

यो गजलका रचनाकार नारायण प्रसाद सापकोटा हुन् । सापकोटाका थुप्रै गीत तथा गजलहरु छन् । गीतमा संगीत संयोजन किरण कँडेलको रहेको छ । यसलाई शम्भुकुमार तन्डुकारले मिक्सिङ गरेका हुन् । भिडियोमा नायकको रुपमा अभिनेता विशाल पोखरेल प्रस्तुत भएका छन् । अभिनेता पोखरेलले पनि आफुहरुको अभिनयलाई दर्शकले रुचाउने विश्वास लिएको बताएका छन् ।

यस्तै नायिकको रुपमा गायिकाको परिचय बनाएकी मोडल सरिता भारती छिन् । भिडियोमा यी दुईको अभिनय अब्बल बनेको छ । डेढ दर्जन भिडियोमा मोडलिङ गरिसकेकी गायिका भारती पनि संगीतकार तथा गायक विपिन घिमिरेबाटै प्रशिक्षित हुन् । आफ्नो गुरुको गीतमा मोडलिङ गर्न पाउँदा खुसी लागेको उनले बताएकी छिन् । बिपिन र सरिताको स्वरमा पनि चाँडै नयाँ गीत आउँदैछ ।

एक युवा र युवतीको प्रेम प्रसँगमा आधारित यो गीतको भिडियोमा पनि सोही अनुसारको कथा प्रस्तुत गरिएको छ । गीतको अबधारणा अनुसार बाटोमा आफ्नै स्कुटरले हानेर लडेका युवकलाई उठाएर उद्दार गर्दा युवक र युवतीबीचको प्रेम सम्बन्ध बसेको र उनी निकट भएको कथा भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोमा रामशरण उप्रेतीको छायाँकन, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन तथा रंग संयोजन रहेको छ । गीत र भिडियोले दर्शकको मन जित्नेमा गायक बिपिन आशाबादी छन् ।खास लाग्न थाल्यौं।।। गीतको भडियोलाई गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । दुई महिना अघि छायाँकन गरिएको भिडियोलाई यतीबेला रिलिज गरिएको छ ।