Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

राजा हिन्दुस्तानीका निर्देशकले भने, ‘छोट्याइएको थियो आमिर करिश्माको चुम्बन दृश्य’

Sunday, November 15, 2020 National Power

एजेन्सी – आमिर खान र करिश्मा कपुरको फिल्म राजा हिन्दुस्तानी रिलिज भएको २१ वर्ष पूरा भयो । यो मौकामा फिल्मका निर्देशक धर्मेसले यसको चुम्बनको दृश्यसँग जोडिएको एउटा रोचक किस्साबारे जानकारी दिए । स्मरण रहोस्, राजा हिन्दुस्तानीको चुम्बनको दुश्य निकै चर्चामा रहेको थियो । यो चुम्बनको दृश्य निकै लामो थियो । तर निर्देशकले यो दृश्यलाई थप लामो छायांकन गरिएको जानकारी दिए ।

धर्मेशले निर्माताको आग्रहमा यस्तो गरिएको बताएका थिए किनभने निर्मातालाई लागिरहेको थियो कि सेन्सर बोर्डले उक्त दृश्यमाथि कैंची लगाउनेछ । यद्यपि, सेन्सर बोर्डले फिल्मलाई यू सर्टिफिकेटसहित पास गरेको थियो ।

धर्मेश आफैंले यो दृश्यलाई छोटो बनाएको बताएका थिए । उनले भनेका थिए, ‘फिल्म तीन घण्टा २० मिनेट लामो होस् भन्ने मेरो चाहना थिएन, त्यसैले फिल्म २० मिनेट छोट्याएँ ।’ यस्तै, करिश्माले यो दृश्यबारे एक अन्तर्वार्तामा भनेका थिए, ‘यो समयमा त्यो मेरो निकै बोल्ड निर्णय थियो । यो दृश्य मानिसहरुको मनमा आज पनि ताजा छ तर यो छोटो दृश्य छायांकनमा मेरो हालत के भएको थियो, त्यो कसैलाई पनि थाहा छैन ।’

उनले थपिन्, ‘केही मिनेटको यो दृश्यका लागि ३ दिन लागेको थियो । यो दृश्य कहिले समाप्त होला भनेर मात्र दिमागमा आइरहेको थियो । यो दृश्य फेब्रअुरी महिनामा बेलुकी ६ बजे उटीमा छायांकन गरिएको थियो । त्यतिबेला यति चिसो थियो कि म बयान नै गर्न सक्दिनँ ।’