Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

‘मिस्टर एण्ड मिस टिकटक’मा उत्कृष्ट १२ छानिए

Friday, November 13, 2020 Devil Singh Rajput

चितवन — कार्तिक २८, २०७७।

पछिल्लो समय चर्चित ‘मिस्टर एण्ड मिस टिकटक’ प्रतियोगिताको उत्कृष्ट १२ प्रतियोगीहरु छनौट भएका छन् । कंडेल कन्सल्टेन्सीको प्रस्तुतीमा द जीएमआईको आयोजना तथा सही हो ईभेन्ट्सको सहकार्यमा संचालित उक्त प्रतियोगितामा उत्कृष्ट २० मा प्रतिस्पर्धा गरिरहेकाहरुमध्ये बाट निर्णायकहरुको मत पश्चात उत्कृष्ट १० प्रतियोगीहरु र २ जना वाईल्ड कार्डमार्फत छनौट गरिएको हो ।

प्रतियोगिताको निर्णायकको रुपमा चर्चित हांस्य कलाकार तथा निर्देशक किरण केसी, नायिका प्रियंका कार्की र नृत्य निर्देशक कविराज गहतराज रहेका छन।

उत्कृष्ट १२ मा काभ्रेबाट सम्मान मल्ल श्रेष्ठ, चितवनबाट शोना घिमिरे, काठमाडौंबाट काजोल नेपाल, अष्ट्रेलियाबाट पूनम तिरुवा, काठमाडौंबाट जनम परियार, अष्ट्रेलियाबाट सृजना घिमिरे, चितवनबाट अर्बिना ढकाल, रुपन्देहीबाट आरोही अधिकारी, चितवनबाट मनोज बिक र गैंडाकोटबाट रोहित पाण्डे रहेका छन्। त्यसैगरी वाईल्ड कार्डमार्फत छनौट हुनेमा चितवनबाट बिकिता कंडेल र ईटहरीबाट प्रेतिका अधिकारी रहेका छन् ।

अब भने बिजेताको लागि उत्कृष्ट १२मा पर्न सफल रहेका प्रतिस्पर्धीहरुमाझ ग्लोबल अनलाईन पे डट कम (globalonlinepay.com) गएर वा ग्लोबल अनलाईन पेको एप मार्फत संचालित हुने भोटिङ मार्फत आफूलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ । नेपाल/बिदेशबाट प्रतियोगीलाई एक पटकमा न्यूनतम पाँच भोट देखि अधिकतम पाँच हजार भोटसम्म गर्न सकिने बताइएको छ ।

नेपाल बाहिरबाट भने भोट गर्नका लागि भिजा कार्ड र मास्टरकार्डका प्रयोगकर्ताहरुले आफ्नो संबन्धित बैंक मार्फत अनलाईन पेमेन्ट ट्रान्ज्याकसनको निमित्त आईपिजि / थ्रीडियस (IPG/3DS) सर्भिस एक्टिभेट गर्नुपर्नेछ।

विजेताका लागि शुरु भएको अन्तिम भोटिङ प्रतिस्पर्धा मंसिर २५ गते शुक्रबार राती १२ बजेसम्म संचालित हुनेछ । ‘मिस्टर एण्ड मिस टिकटक,नेपाल’ को उपाधीको लागि अब उत्कृष्ट १२ प्रतियोगीले प्रतिस्पर्धा गर्ने छन् । जसको लागि ५० प्रतिशत मत अनलाईन भोटिङ मार्फत र ५० प्रतिशत मत निर्णायकमार्फत प्रदान गरिने छ।

समाजिक संजालमा पछिल्लो समय अत्याधिक रुचाईएको टिकटकबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता्मा प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। त्यसैको सेरोफेरोमा रहेर द जिएमआइ एकेडेमीको आयोजनामा मिस्टर एन्ड मिस टिकट्क प्रतियोगिता आयोजना गरिएको द जिएमआइ एकेडेमी्का सिईओ महेश लामिछानेले जनाएका छन ।