Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

सैफ अली खानले बढाए तीन गुणा पारिश्रमिक, आउँदैछ यो ठूलो प्रोजेक्ट

Wednesday, November 11, 2020 National Power

एजेन्सी- बलिउडका नवाब भनिन् सैफ अली खान आजकाल निकै व्यस्त छन् । ठूला पर्दामा निकै कम फिल्म चलिरहेका छन् तर ओटीटीले सैफको करियरलाई भने नयाँ दिशा दिइरहेको छ । सेक्रेड गेम्स उनको करियरमा गेम चेन्जर साबित भएको छ ।

ओटीटीमा आफ्नो सफलता देखेपछि सैफ अली खानले आफ्नो पारिश्रमिकमा वृद्धि गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । स्रोतका अनुसार अब नायकले हरेक फिल्मका लागि तीन गुणा बढी पारिश्रमिक लिनेछन् ।

यसबारे आधिकारिक जानकारी त आइसकेको छैन तर स्रोतले दाबी गरेअनुसार सैफ अली खान पहिला एउटा फिल्मको करिब ३ करोड लिन्थे भने अब उनी ११ करोड लिने छन् ।

सैफ यतिबेला ओटीटी प्लेटफर्ममा निकै मनपराइएका अभिनेताको रुपमा उदाएका छन् । हरेक फिल्म निर्माता उनलाई कुनै न कुनै सिरिजका लागि अनुबन्ध गर्न चाहन्छ । सैफले हालै अर्को एउटा वेब सिरिज साइन गरेका छन् । उनले अली अब्बास जफरको ‘दिल्ली’ मा मुख्य भूमिका निभाउनेछन् ।