Wednesday 4th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

भारतका प्रधानसेनापति नरवाणे नेपाल आउने

Wednesday, October 14, 2020 National Power

काठमाडौ – भारतका प्रधानसेनापति एम.एस. नरवाणे नेपाल आउने भएका छन् । नरवाणे कात्तिक महिनाभित्र नेपाल आउने बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्न नरवाणे नेपाल आउन लागेका हुन् । यसको मिति भने टुंगो नलागेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायरथी सन्तोषवल्लभ पौड्यालले भारतका सेनापति नरवाणेको भ्रमण प्रक्रियाको पुनः थालनी भएको बताए । उनले भने, मिति टुंगो लाग्न बाँकी छ ।

२० माघ २०७६ मा मन्त्रिपरिषद्को बैठकले जनरल नरवाणेलाई नेपाल भ्रमणको निम्तो दिने निर्णय भएको थियो । नेपाली सेनाले त्यतिबेला प्रक्रिया बढाएकोमा कोरोना भाइरसको जोखिमका कारण रोकिएको थियो । भ्रमण प्रक्रियालाई सेनाले पुनः थालनी गरेको छ ।

नेपाल र भारतबीच सीमा समस्या बल्झिएको अवस्थाबीच नरवाणेको भ्रमण हुन लागेको हो । कालापानीको विषयमा जनरल नरवाणेले दिएको अभिव्यक्ति विवादमा परेको थियो । दुई देशबीच बलियो सैन्य सम्बन्ध छ । एक अर्को देशको सेनापति मानार्थ प्रधानसेनापति रहने प्रचलन रहँदै आएको छ ।
– तस्वीर स्रोतः एजेन्सी