Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

आठ वर्ष अगाडि काभ्रे बाट ज्यान मारी फरार भएका एक ब्यक्ति भक्तपुर बाट पक्राउ

Sunday, October 11, 2020 National Power

 काभ्रेपलान्चोक – बनेपा प्रहरीको सक्रियता तिव्र रुपमा अगाडि बढेको छ । इलाका प्रहरी कार्यालय बनेपाले आफ्नो इलाकामा भएका गतिविधि लाई नजिक बाट नियालेर नराम्रो गतिविधि लाई रोकेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिना आउन साथ धेरै नराम्रा गतिविधिहरु लाई निर्मुल पर्न्नु भएको छ ।उहाँले ज्यान मर्ने देखि लिएर चोरी डकैती जस्ता कार्य गर्नेहरु लाई समातेर आफ्नो क्षमता प्रस्तुत गर्नु भएको छ ।

आज मात्र २०६९ सालमा एन्जल तामाङलाई कुटपिट गरी छुरा प्रहार गरी कर्तब्य गरी मारी फरार भएका ब्यक्ति लाई काभ्रे प्रहरी प्रमुख रविराज पौडेलको सहयोगमा इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको टोलिले भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ०९ स्थितमा लुकिछिपि बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको छ ।

पुरा विवरण तल हेर्नुस्
२०६९/०७/०८ गते बेलुका अं.१७:३० बजेको समयमा प्रतिबादी का.प.जि.साबिक चलाल गणेशस्थान गा.बि.स.वडा नं.०३ हाल ऐ जिल्ला बेथानचोक गा.पा.वडा नं.०४ बस्ने तिर्थमान सुनारको छोरा बर्ष २२ को सुवास सुनार समेतले का.प.जि.साबिक चलाल गणेशस्थान गा.बि.स.वडा नं.०३ हाल ऐ जिल्ला बेथानचोक गा.पा.वडा नं.०४ चलाल गणेशस्थानमा लागेको सांस्कृतिक कार्यक्रममा भाग लिई कार्यक्रम सकेर सोही कार्यक्रम स्थलबाट बाहिर निस्कने क्रममा जाहेरवाला मंगल बहादुर तामाङको छोरा बर्ष १८ को एन्जल तामाङलाई कुटपिट गरी छुरा प्रहार गरी कर्तब्य गरी मारी फरार भएकोमा मिति २०७७/०६/२३ गते दिउँसो अं.१६:३० बजेको समयमा यस कार्यालयबाट (ई.प्र.का.बनेपा काभ्रे) खटिएको प्र.नि.योगेन्द्र तिमिल्सिना समेतको टोलीले खोजतलाश गर्दै जाने क्रममा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ०९ स्थितमा लुकिछिपि बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरी यस कार्यालयमा ल्याई यस कार्यालयको च.न.७६३ मिति २०७७/०६/२५ गतेको पत्रसाथ आवश्यक कारबाहीको लागि सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालत काभ्रेमा दाखिला गरिएकोमा सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतको च.न.१२१ मिति २०७७/०६/२५ गतेको आदेशले निज प्रतिबादी सुबास सुनारलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं.बमोजिम जिल्ला कारागार कार्यालय धुलिखेल काभ्रेमा थुनामा राख्न पठाईएको