Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

आयुर्वेदिक औसधि बाढेर चौतर्फी चर्चा

Friday, October 2, 2020 National Power

काभ्रेपलान्चोक – निशुल्क गुर्जो वितरण गर्दै आउनुभएका अभियानकर्ता मुक्ति विष्ट यति बेला चौतर्फी चर्चा कमाउन सफल हुनु भएको छ । उहाँ देशका विभिन्न ठाउँ जिल्लाहरुमा पुगेर निशुल्क गुर्जो वितरण गरेर चर्चा कमाउनु भएको हो ।

उहाँ यसरी निशुल्क गुर्जो वितरण गरेर चर्चामा आए पछि विभिन्न संघ संस्था बाट सम्मानित हुनु भएको छ । भने उहाँ उक्त कार्यलाई धेरै ब्यक्तिहरुले प्रशासन योग्य काम भनेका छन । यो जो कोहि ब्यक्तिले गर्ने नसक्ने काम हो । तर पनि बनेपाका मुक्ति विष्टले गरिरहनु भएको छ ।

उहाँले विहिवार यातायात कार्यालय भक्तपुरमा गुर्जो वितरण गर्नुभएको छ । यातायात कार्यलय भक्तपुर जगातीका कार्यलय प्रमुख शशिशंकर मर्हजन मार्फत सम्पूर्ण कर्मचारी तथा सेवा ग्राहीहरुलाई गुर्जो वितरण गर्नु भएको हो ।

विष्टले आज पनि विभिन्न मानवअधिकारकर्महरुलाई गुर्जो वितरण गर्नुभएको छ ।इन्सेकका कार्यक्रम प्रमुख गणेश भण्डारी सिन्धुपाल्चोक प्रतिनीधि नातीवावु धिताल, काभ्रे प्रतिनीधि हिरामान लामा,इन्सेक बाग्मती प्रदेशकका संयोजक कृष्ण गौतम लगायतका मानवअधिकारकर्मीलाई आज गुर्जो हस्तान्तरण गरिएको विष्टले बताउनुभयो ।

विष्टले आजै चलचित्र कलाकार संघका अनुशासन आयोगका केन्द्रीय सहसंयोजक तथा बरिष्ठ कलाकार मुकुन्द थापा मार्फत विभिन्न महानुभावलाई गुर्जो पठाइएको जानकारी दिनुभयो । हालसम्म ७ हजार केजीभन्दा बढि गुर्जो निशुल्कक बाढिसकिएको उहाँले बताउनुभयो ।

निशुल्क गुर्जो वितरण गरिरहनुभएका उहाँले विविध नर्सरीको सहयोगमा बेर्ना तयार गरी वितरण गर्ने योजना बनाइएको बताउनुभयो । अभियानका लागि डाबर नेपाल लगायतका बहुराष्ट्रिय कम्पनीले समेत प्रशंसा गरेको बताउँदै उहाँले डाबर नेपालले आफूलाई गुर्जोको विरुवा राख्न सहयोग गर्ने प्रतिबद्घता गरेको बताउनुभयो ।