Tuesday 3rd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

डा.केसीको समर्थनमा प्रदर्शन,”केसीको अनशन, माफियालाई टेन्सन” नारा 

Saturday, September 26, 2020 National Power

काठमाडौं- सोलिडारिटी फर डाक्टर केसी र विवेकशील पार्टीले डा.गोविन्द केसीको समर्थनमा माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार माईतीघर मण्डलामा प्रदर्शन गर्न पाउनुपर्ने माग गर्दै मण्डलातिर हिँडेको प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीहरुद्वारा रोक्दा ठेलामठेलको स्थिति सिर्जना भएको थियो ।प्रदर्शनकारी भन्दै थिए,”सर्वोच्चको आदेश खै मानेको, प्रहरीहरु भन्छन्– जिल्ला प्रशासनको आदेश छ मण्डलामा प्रदर्शन गर्न नदिनु । प्रदर्शनकारीहरुको भनाई थियो, हामीलाई हामी मण्डलामा प्रवेश गर्दा कुटियो, गिरफ्तार गरियो भने हामी सुरक्षाको कमाण्डिङ् गरिरहेको प्रमुख विरुद्ध मुद्दा हालेर जेल पठाउने छौं ।”सुरक्षाकर्मीहरुद्वारा मण्डलामा जान रोक लगाएपछि रात भरी बसेर भए पनि मण्डलामा प्रदर्शन गरेर छाड्ने भन्दै धर्नामा बसेको ७ बजेसम्म पनि धर्नामा बसेको स्थिति थियो ।