Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

संयुक्त राष्ट्रसंघको महासभामा मध्यपूर्वका नेताद्वारा क्षेत्रीय सुरक्षाबारे चिन्ता व्यक्त

Thursday, September 24, 2020 National Power

एजेन्सी – मध्यपूर्वका नेताहरूले संयुक्त राष्ट्रसंघीय महासभामा सम्वोधन गर्दै यस क्षेत्रको सुरक्षा विषयमा चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७५ औँ सत्रको साधारण छलफल सुरु भएको दोस्रो दिन साउदी राजा सलमान विन अब्दुलाजीज अल साउदले बुधबार महासभामा गरेको पहिलो सम्वोधनमा चरमपन्थ, अराजक शक्ति र समूहका कारण यस क्षेत्रमा असुरक्षा बढेको बताए ।

कोभिड–१९ महामारीका कारण ‘भर्चुअल’ सम्मेलनमा सम्वोधन गर्दै उनले भने, “यदि हामी आतंकवादबिरूद्धको लडार्इंमा विजयी हुन चाहन्छौं भने हामी अन्तर्राष्ट्रिय चरमपन्थी सोचलाई बढावा दिने देशहरूको अगाडि दृढ भएर उभिनै पर्छ, जुन उनीहरूको चरमपन्थी, अराजक र विनाशकारी प्रकृति लुकाउन झूटा राजनैतिक नारामा भर पर्छन् ।”

इरानमाथिको प्रतिबन्धको विरोध गर्न महासभालाई इरानी राष्ट्रपति हसन रौहानीले प्रयोग गरे । उनले भने, “विश्व इतिहासमा सबैभन्दा कडा प्रतिबन्धहरू इरानमाथि लगाइएको र यो संयुक्त राष्ट्र संघ बडापत्र र अन्तर्राष्ट्रिय सम्झौताको उल्लङ्घन हो ।”

लेबनानका राष्ट्रपति मिशेल आउनले महासभामा मुख्यतः अगस्ट ४ मा भएको शक्तिशाली विष्फोट पछि बेरूतको पुनर्निर्माण गर्न विश्व समुदायसमक्ष सहयोगको याचना गरे । महासभामा पुनःनिर्माणको खाका प्रस्तुत गर्दै उनले भने, “पुनः निर्माणको सहयोग पु¥याउने एउटा विकल्प भनेको ‘विनाश भएको क्षेत्रलाई विभिन्न भौगोलिक क्षेत्रमा विभाजन गरी प्रत्येक देशलाई एउटा विशेष क्षेत्रमा आवद्ध गर्ने र पुनः निर्माण कार्य अघि बढाउन सकिने बताए ।

उहाँले विश्व बैंकले विष्फोटनबाट करीव ३।५ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति र ४।५ अर्ब बराबरको भौतिक संरचना भएको क्षतिको अनुमान गरेको भन्दै अति आवश्यक तथा तत्काल निर्माण गर्नुपर्ने संरचनाका लागि झन्डै २ अर्ब डलरको आवश्यक रहेको पनि उक्त अवसरमा बताए ।

लेवनानी राष्ट्रपतिले भने, “सबै लेबनानी जनताको ऐक्यबद्धता र विश्व समुदायको सहयोगका बेरुतले राहत पाउने र शिर उठाउनेछ ।”

यसैगरी मंगलबारको सम्वोधनमा इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीले भने, “मध्यपूर्वको असुरक्षाले विश्व शान्ति र स्थायित्वलाई प्रभावित पार्ने बताउँदै क्षेत्रीय शान्ति र स्थायित्वका लागि राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावनामा आधारित राजनीतिक माध्यमबाट समाधान खोजिनु जरुरी रहेको बताए ।

जोर्डनका राजा अब्दुल्ला द्वितीयले देशहरूले कोभिड–१९ को महामारीका साथै विश्वव्यापी चुनौतीको सामना गर्न विश्वका सबै जनताको हितको रक्षा गर्नुपर्ने र आतङ्कवादविरुद्ध एक हुनुपर्नेमा जोड दिए । सिन्ह्वा