Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

पहिलो भटमै सार्वजनिक गरे शम्भुजीत, डब्बु र सरिताले

Thursday, September 24, 2020 National Power

काठमाडौ – नयाँ गीतिसँग्रह ‘पहिलो भेटमै’ श्रोता माझ आएको छ । सँग्रहमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत र जुगल डंगोलको संगीत, गीतकार डब्बु क्षत्रीको शब्द र गायिका सरिता भारतीको स्वरमा २ वटा गीत रहेको छ । कोरोना सँक्रमणका कारण आसपी दुरी कायम गर्दै बरिष्ट संगीतकार बासकोटा, गायिका भारती र गीतकार क्षत्रीले यो गीति संग्रहलाई काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सार्वजनिक गरेका छन् । जसमा बजाई देउ बाजा….र पहिलो भेटमा … बोलको गीत रहेको छ ।

सो क्रममा बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले यस अघि डब्बु क्षत्रीका केही गीतमा आफुले संगीत गरिसकेको तर गायिका सरिताको लागि पहिलोपटत संगीत गरेकोे बताए । सरिता राम्री गायिका भएको र उनको यो गीतलाई दर्शकले मन पराउने बताउँदै बासकोटाले शुभकामना पनि दिए ।

यस अघि मेरो जवानी…., लुडो र तास…., कोरोनाले देशै रायो।।।रातो सारी लरक्कै।।।जस्ता सिँगल ट्रक यलबम निकालेकी सरिताले अग्रज संगीतकार बासकोटासंग काम गर्न पाउँदा निकै कुरा सिक्ने अबसर पाएको बताईन् । यसै साता गायक हेम श्रेष्ठसँग आफ्नो दशैं गीत र असोजको तेश्रो साता गायक हिमालय राजसँग देउडा गीत आउने पनि उनले जानकारी गराईन् । बिगत आधा दशकदेखि गायनमा सक्रिय सरिताले सांस्कृतिक संस्थानबाट गायनमा डिप्लोमा गरेर गायन यात्र अघि बढाएकी हुन् ।

गीतकार क्षत्रीले करिब ७ वर्षपछि अग्रज संगीतकार बासकोटासँग काम गर्ने अबसर जुरेको बताए । अब बासकोटासंग सांगीतिक सहकार्य निरन्तर अघि बढ्ने विश्वास उनले व्यक्त गरे ।बजाई देउ बाजा लोक पप शैलीको गीत हो । जसमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत, डब्बु क्षत्रीको शब्द र सरिता भारतीको स्वर रहेको छ । यो गीत नृत्यप्रधान बनेको छ । गीतको भिडियो भने केही साता पछि रिलिज गर्ने गीतकार क्षत्रीले कार्यक्रममा बताए । यस्तै यो सँग्रहमा रहेको अर्को गीत पहिलो भेटमै।।।लाई जुगल डंगोलले संगीत गरेका हुन् । दुबै गीतको संगीत संयोजन तथा रेकर्डिङ जुगल डंगोलकै हो । यो लोक शैलीको गजललाई गायिका सरिता भारती आफैंले लेखेकी हुन् । यो गीतिसंग्रहलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो ।

यसैबीच पहिलो भेटमै … गीतको भिडियो पनि रिलिज गरिएको छ । जसमा अभिनेता दिक्पाल कार्कीसंग गायिका सरिता भारती आफैंले मोडलिङ गरेकी छन् । रामशरण उप्रेतीले खिचेको यो भिडियोलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । डब्बु क्षत्रीले निर्देशन गरेको यो भिडियो ब्युटी न्युज नेपाल च्यानलबाट हालै सार्वजनिक गरिएको हो । भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ ।