Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कंगनाको आरोपः ‘बलिउडमा बाहिरबाट आएकालाई यौनकर्मीलाई जस्तो व्यवहार गरिन्छ’

Tuesday, September 22, 2020 National Power

एजेन्सी – बलिउड अभिनेत्री कंगना रनौतले फिल्म उद्योगमाथि लगातार विभिन्न आरोप लगाउँदै आएकी छिन् । यसैबीच, अनुराग कश्यपमाथि यौनशोषणको आरोप लागेपछि कंगनाले उनलाई पक्राउ गर्न आग्रह समेत गरेकी छिन् ।

साथै, उनले बलिउडमा आफूले भोगेका कुराहरु पनि शेयर गरेकी छिन् । पायल घोषको आरोपपछि कंगनाले उनमाथि पनि थुप्रै सहकर्मीहरुले यस्तो व्यवहार गरेको खुलाएकी छिन् ।

शनिबार अनुराग कश्यपविरुद्ध अभिनेत्री पायल घोषलाई समर्थन गर्दै कंगनाले लेखेकी छिन्, ‘अनुरागले विवाह पछि पनि आफू सन्तुष्ट नभएको विभिन्न मानिसहरुलाई बताएको स्वीकार गरेका छन् । पायलमाथि जस्तो व्यवहार भयो उक्त व्यवहार बलिउडमा सामान्य हो । बाहिरबाट आएर संघर्षरत हरेक अभिनेत्रीलाई यहाँ यौनकर्मीलाई जस्तो व्यवहार गरिन्छ ।’

अनुराग कश्यप र कंगना रनौतबीच ट्विटरमा प्रायः एक अर्कालाई दोषारोपण भइरहन्छ । रनौत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाको मुख्य समर्थक हुन् भने कश्यप सरकारको तीखो आलोचना गरिरहेका हुन्छन् ।